बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

छठका लागि सुरक्षाव्यवस्था मजबुत

शनिबार, १६ कात्तिक २०७६, १६ : ४३
शनिबार, १६ कात्तिक २०७६

सिरहा ।  छठपर्वको आज तेस्रो दिन ब्रतालुहरुले साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिँदैछन् । छठ पर्वका लागि तयार पारिएका ठेकुवा, केरा, भुसुवा लागायत विभिन्न प्रकारका फलफलूल तथा प्रसादहरु बोकेर ब्रतालुहरु छठको घाट गइरहेका छन् । 
यस्तै शनिबार विहानै देखि युवाहरु केराका बोट, ध्वजा पताका लगाएर घाट सजाउन व्यस्त छन् । सिरहाका पोखरी, तलाउ, नदी तथा जलासयहरु अहिले वेहुलीझै सिंगारिएका छन् । 
चार दिनसम्म ब्रत बसेर मनाइने छठ पर्वको आज तेस्रो मुख्य दिन (षष्ठी) हो । आज अस्ताउँदै गरेको सूर्यलाई अर्घदिई रातभर छठ घाटमै जागराम बसेर विभिन्न छठसम्वन्धित गीत संगीत, कथा सुनेर, हेरेर भक्तजनहरु रात विताउने गर्छन्। भोली (आइतबार) बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ सम्पन्न हुने गर्दछ ।
छठ पूजाका लागि गहुँ र चामल ओखल, जाँतो वा ढिकीलाई चोखा नितोगरी कुटान (पिसान गरी त्यसबाट विभिन्न परिकार बनाइएको हुन्छ । 
यसैबीच छठलाई मध्यनजर गर्दै जिल्लाको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । 
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले टठलाई लक्षित गरी विशेष सुरक्षा सतर्कता अपनाइएको जानकारी दिए ।  उनले सुरक्षा व्यवस्था चुस्तदुरुस्त राख्न जिल्ला प्रहरी कार्यालयबाट सातसय ५० जना प्रहरी खटाइएको जानकारी दिए । 
प्रत्यक छठका घाटहरुमा प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ । सिरहामा करिव एक सय ५९ स्थानमा छठ घाटहरु रहेकाले ती सवै ठाउँमा प्रहरी परिचालन गरिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप