बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मध्यपहाडी लोकमार्गको पश्चिम खण्डमा ६० प्रतिशत निर्माण सम्पन्न

शनिबार, १६ कात्तिक २०७६, १४ : ४१
शनिबार, १६ कात्तिक २०७६

सुर्खेत ।  राष्ट्रिय गौरवको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजनाको पश्चिम खण्डमा ६० प्रतिशत काम पूरा भएको छ । बाग्लुङदेखि सुदूरपश्चिम प्रदेश बैतडीको झुलाघाटसम्म सात सय किलोमिटरमा ६० प्रतिशत निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ । 

    आयोजनाको पश्चिम सेक्टर कार्यालय दैलेखका सूचना अधिकारी इन्जिनीयर तुलाराम शर्माले रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दैलेख र अछाममा निर्माण कार्य भइरहेको जानकारी दिए । उनका अनुसार दैलेख खण्डमा पर्ने १२६ मध्ये ४० किमी टेन्डर हुन बाँकी छ । स्थानीयवासीको असहयोगका कारण दैलेख सदरमुकाम क्षेत्रमा ३० किमी र दैलेख–जाजरकोट सीमा क्षेत्रमा १० किमीमा ट्र्याक खोलिएको सडकमा निर्माण कार्य अघि बढ्न  नसकेकाे हाे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप