शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रंगेहात पक्राउ परेका चोरलाई रौतहट प्रहरीले छाड्यो

शनिबार, १६ कात्तिक २०७६, १० : १९
शनिबार, १६ कात्तिक २०७६

संजय

रौतहट । चोरीको सामानसहित रंगेहात पक्राउ परेका दुईजना चोरीको अभियुक्तलाई कानुनी कारवाहीको साटो पञ्चायती गरेर रौतहट प्रहरीले छोडेको छ ।

पछिलो समय जिल्लाको विभिन्न स्थानमा चोरीका घटना बढिरहेको समय चोरी गर्दैगर्दा सामानसहित दुई जनालाई नियन्त्रणमा लिएर स्थानियले प्रहरीलाई बुझाँउदा कानुनी कार्यवाहीको साटो ईलाका प्रहरी कार्यालय गरुडाले बिहीबार त्यतिकै छोडेको हो  ।

पक्राउ पर्नेमा कटहरिया–५ का १८ वर्षीय सुनिल यादव र सोही ठाउँ बस्दै आएका १७ वर्षीय रमेश मण्डल रहेका छन् । गत १० गते बिहान ४ बजे स्थानिय रामजनम यादवको ना ६ त४५९ नम्बरको ट्याक्टरबाट केही पार्ट चोरेर रामअधार साहको अर्को ट्याक्टरको पार्ट खोलिरहेको अवस्थामा स्थानियले पक्राउ गरी दुुवै जनालाई चोरीको सामानसहित ईलाका प्रहरी कार्यालय कटहरियामा बुुझाएको थियो ।

प्रहरीले सोधपुछपछि ट्याक्टरको पार्टको अलावा उनीहरुले अन्य मानिसको घरबाट चोरेको धानको बोरा र दुईवटा साइकलसमेत बरामद गरेको थियो ।

सोही दिन दिउँसो दुवै जनालाई घटनाबारे थप अनुुसन्धानका लागी ईप्रका गरुडामा लगिएको प्रहरी नायव निरिक्षक श्रीनारायण पण्डितले जानकारी दिएका थिए ।

चार दिनसम्म प्रहरी हिरासतमा रहेका दुवैजना आरोपीलाई राजनीतिक दवाबमा बुधवार पीडित र केही जनप्रतिनिधी मिलेर पञ्चायतीमा दण्ड जरिवाना गरी कानुनी कारवाहीबाट जोगाएको स्थानीयहरुले बताएका छन् ।

तर ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी तुलसीराम अर्यालले भने आरोपीहरु नाबालक भएकाले अब आइन्दा त्यस्तो नगर्ने सर्तमा पहिलो पटकको लागी जमानीमा पठाइएको बताए ।

जिल्ला न्याधिवक्ता खडिन्द्रराज कटुवालले चोरीको सामानसहित रंगेहात पक्राउ पर्ने माथि अदालतमा कसुर ठहर भएमा ३० हजार जरिबाना र ३ वर्षसम्म कैदको कानुनी व्यवस्था रहेको छ ।

१८ वर्ष मुनीकाको हकमा सजायको दुई तिहाईसम्म साजय हुने र आरोपीलाई कारागारको सटा बाल सुधारगृहमा राखिने ब्यवस्था रहेको न्याधिवक्ता कटुवालले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीले चोरीको घटना जिल्लामा बढिरहेको स्वीकार गर्दै उक्त घटनाबारे तत्काल बुझ्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप