शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चक्कु प्रहारबाट घाइतेको उपचारका क्रममा मृत्यु

शुक्रबार, १५ कात्तिक २०७६, २२ : ०७
शुक्रबार, १५ कात्तिक २०७६

सुर्खेत- यही कात्तिक १२ गते दिपावलीकै दिन चक्कु प्रहारबाट गम्भीर घाइते वीरेन्द्रनगर नगरपालिका– १० का ३० वर्षीय चन्दन रानाको उपचारका क्रममा मृत्यु भएको छ । 

रानाको उपचारका क्रममा बिहीबार बेलुका भारतको लखनउमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए । दिपावलीका दिनमा सुर्खेत दीपनगरमा भैली खेलिरहेका समयमा सोही वडा निवासी २९ वर्षीय निर्मल सोनी, १९ वर्षीय केशव खनाल र २२ वर्षीय प्रेम गुरुङले पछाडिबाट टाउकोमा चक्कु प्रहारगरी सख्त घाइते बनाएको उनले बताए ।

प्रवक्ता रावलका अनुसार घाइते रानालाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिए पनि अस्पतालले नेपालगञ्ज सिफारिस गरेको थियो । नेपालगञ्ज पनि उपचार हुन नसकेपछि रानाका आफन्तले थप उपचारका लागि लखनउ लगेका थिए । रानालाई चक्कु प्रहार गर्ने खनाल र गुरुङलाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीका अनुसार फरार सोनीको खोजतलास कार्यलाई तीव्र बनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप