शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियाको मेलबर्न संसारको सबैभन्दा शानदार शहर, थाहा पाउनुस् कुन हो खराब

बिहीबार, ०१ भदौ २०७४, १३ : ४३
बिहीबार, ०१ भदौ २०७४

अष्ट्रेलियाको मेलबर्न संसारकै सबैभन्दा बस्न लायक शानदार शहर हो जबकी कराँची र ढाका यो हिसाबले सबैभन्दा खराब देशमा समावेश छन् । द इकोनोमिस्ट इन्टेलिजेन्स यूनिटको ग्लोबल लिवेबिलिटी रिपोर्टमा यो कुरा सार्वजनिक भएको हो ।

रिपोर्टका अनुसार बस्नका लागि संसारको सबैभन्दा शानदार शहरमा मेलबर्नपछि अष्ट्रियाको राजधानी वियना दोस्रो स्थानमा छ भने क्यानडाको भेन्कुभर तेस्रो स्थानमा रहेको छ । अन्य शीर्ष शहरमा चौथोदेखि १० औं स्थानमा क्रमशः क्यालगरी, एडिलेड, पर्थ, अकल्याण्ड, हल्सिन्की र ह्यामबर्ग रहेका छन् ।

संसारको १ सय ४० शहरको यो सर्वेक्षणमा पहिलो पाँच स्थानको शहर पछिल्लो रिपोर्टसँग अपरिवर्तित छन् । अष्ट्रेलियाकै सिड्नी भने ११ औं स्थानमा परेको छ । 

सिरियाको दमास्कस बस्नको हिसाबले संसारको सबैभन्दा खराब शहर मानिएको छ । अन्य खराब शहरमा १ सय ३९ औं स्थानमा लागोस्, १ सय ३८ औंमा त्रिपोली, १ सय ३७ औंमा ढाका, १ सय ३६ औं स्थानमा मोरेस्बी, १ सय ३५ मा अल्जियर्स, १ सय ३४ मा कराँची, १ सय ३३ मा हरारे, १ सय ३२ मा दोउआला र १ सय ३१ मा कीव छन् ।

औसत वैश्विक जीवन सम्भाव्यतामा पनि अहिलेको वर्षमा गिरावट आएको छ । पछिल्लो पाँच वर्षमा यो औसत ०.८ प्रतिशत झरेर ७४.८ प्रतिशत भएको छ । रिपोर्टका अनुसार पछिल्लो पाँच वर्षमा विश्वभरी अस्थिरता बढेको छ तथा थुप्रै शहरमा उथल पुथल मच्चिएको छ ।

रिपोर्ट अनुसार यूरोपसमेत संसारका थुप्रै भागमा चरमपन्थी घटनामा तिब्र वृद्धि भइरहेको छ । फ्रान्स र बेलायतमा लगातार हमला भए । यी सबै कारणसहित यी क्षेत्रका शहरको स्थान तल्लो स्थानमा आएका छन् । इराक, लिबिया, सिरिया र टर्की सैन्य संघर्षसँग जुधिरहेको छ । नाइजेरियालगायतका थुप्रै देश पनि चरमपन्थी संगठनसँग लगातार लडिरहेको छ । अमेरिकाजस्तो स्थिर देश पनि ट्रम्पको नितिका कारण अशान्तिको स्थिती पैदा भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप