शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल आएर चोरी गर्ने ‘भीआइपी’ भारतीय चोर पक्राउ

चोरी गरेकै रकमबाट ६० लाखको गाडी खरिद
शुक्रबार, १५ कात्तिक २०७६, १४ : ४८
शुक्रबार, १५ कात्तिक २०७६

झापा– भारतबाट नेपाल आएर चोरीमा संलग्न एक नामुद चोरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय विर्तामोडको सयुक्त प्रहरी टोलीले भारतीय नागरिक रघुबर प्रसाद साह (वर्ष ४३) लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी दिनेश मैनालीले जानकारी दिए । साह भारतको सिलगडीका भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख डीएसपी मोहन थापाका अनुसार साह नेपाल भारत सीमावर्ती जिल्ला झापा, सुनसरी र मोरङका विभिन्न स्थानमा चोरीमा संलग्न रहेको खुलेको छ ।

पक्राउपछि शुक्रबार चोरीमा संलग्न साहलाई प्रहरीले सार्वजनिक गरेको हो । प्रहरीका अनुसार  उनी भारतबाट नेपाल आउदा भन्सार तिरेर ६० लाखको महिन्द्रा गाडी चढेर आउने गरेको समेत भेटिएको छ । 

‘महंगो गाडी चढेर नेपाल आउने, धनाढ्यहरुको घर रेकी गर्ने र कोही नभएको मौका पारी चोर्ने गरेको भेटिएको छ’ इलाका प्रहरी प्रमुख थापाले भने, ‘साहले चोरी गरेकै रकमबाट ६० लाख पर्ने गाडी चढेको समेत अनुसन्धानबाट खुलेको छ ।’

प्रहरीले साहलाई १२ कार्तिक गते सिसिक्यामेराको फुटेजका आधारमा विर्तामोडस्थित एक लजबाट पक्राउ गरेको जनाएको छ । सहाले विर्तामोड ५ बस्ने ललिता सापकोटा, गीता पौडेल, मधुगुप्ता लगायतका घरमा चोरी गरेको प्रहरीले जनाएको छ । उनका साथबाट प्रहरीले चोरी गरेका केही सामानपनि बरामद गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप