शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सनराईज बैंकको बोनस सेयर वितरण योजना

शुक्रबार, १५ कात्तिक २०७६, १३ : २६
शुक्रबार, १५ कात्तिक २०७६

काठमाडौं– सनराईज बैंकले ८१ करोड ५२ लाख भन्दा बढिको बोनस सेयर वितरण गर्ने भएको छ । सनराईज बैंकको शुक्रबार काठमाडौंमा सम्पन्न १२ औं वार्षिक साधारणसभाले चुक्ता पूँजीको लाभांशबाट ८१ करोड ५२ लाख ५५ हजार ५८५ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सञ्चालक समितिका अध्यक्ष मोतिलाल दुगड रहेको सो बैंकको चुक्ता पूँजी ८ अर्व भन्दा बढि रहेको छ । २०६४ साल आश्विन २५ गते स्थापना भएको सो बैंकको हालसम्म १२२ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ सेवा, ८ वटा एक्सटेन्सन काउन्टर, १४३ वटा एटिएम सेवा सञ्चालनमा रहेका छन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप