शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डीडीसीले दुधको मुल्य बढायो, १५ प्रतिशत उत्पादन महंगिए

बिहीबार, ०१ भदौ २०७४, १३ : ०९
बिहीबार, ०१ भदौ २०७४

काठमाडौं–सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले दुधको मुल्य प्रतिलिटर ६ रुपैयाँ बढाएको छ । डीडीसीले निर्धारण गरेको नयाँ मुल्य अनुसार बिहीबारदेखि दुधको मुल्य प्रतिलिटर ७० रुपैयाँ पुगेको छ । 


अव उपभोक्ताले डीडीसीको एक प्याकेट दुधलाई ३५ रुपैयाँ तिर्नुपर्नेछ । यसअघि एक प्याकेटको मुल्य ३३ रुपैयाँ ५० रुपैयाँ थियो । एक लिटर दुधको मुल्य यसअघि ६४ रुपैयाँ थियो । 


यस्तै होल मिल्कका मुल्य पनि प्रतिप्याकेट ४५ रुपैयाँ पुगेको छ । यसअघि ४३ रुपैयाँ ५० रहेको थियो । यस्तै, गाईको दुधको मुल्य प्रतिप्याकेट ४० रुपैयाँ पुगेको छ भने यसअघि ३८ रुपैयाँ ५० पैसा थियो । 


टि मिल्क प्रतिप्याकेट ३२ रुपैयाँ पुगको जनाइएको छ । यसअघि टि मिल्क प्रतिप्याकेट ३० रुपैयाँ ५० पैसा थियो । डीडीसीले यसअघि ०७१ सलामा पनि दुधको मुल्य प्रतिलिटर ८ रुपैयाँ बढाएको थियो । त्यसपछि समितका प्रतवेदनका आधामा मुल्य समायोजन भएको जनाइएको छ । 


बढेको मुल्य मध्ये प्रतिलिटर ४ रुपैयाँ १४ पैसा किसानले पाउने र विक्रि गर्ने वुथम्यानले एक रुपैयाँ पाउने दुग्ध विकास वोर्डले जनाएको छ । दुध प्रशोधन गर्ने उद्योगले लिटरमा ८६ पैसा पाउने जनाइएको छ । तीन बर्षपछि स्वीकृती लिएर डीडीसीले दुधको मुल्य वढाएको जनाएको छ । 


दुधको मुल्य वृद्धिसँगै अन्य परिकारको पनि मुल्य वृद्धि हुने भएको छ । घिउ, पनि, दही, मिठाई लगायतका अन्य १५ प्रतिशत उत्पादनको मुल्य वढ्ने जनाइएको छ । यो मुल्य वृद्धिवाट सवैभन्दा वढी किसानलाई फाइदा पुग्ने जनाइएको छ । तर, उपभोक्तावादीले भने डीडीसीले दुध र दुग्धजन्य परिकारको मुल्य वढाए उपभोक्ताको ढाड सेक्ने काम गरेको आरोप लगाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप