शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

न्यायाधीश पाण्डेको एकल इजलासमा महराको बयान शुरु

शुक्रबार, १५ कात्तिक २०७६, १२ : २७
शुक्रबार, १५ कात्तिक २०७६

काठमाडौँ– बलात्कारको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान सुरु भएको छ ।

शुक्रबार काठमाडौँको बबरमहलस्थित काठमाडौँ जिल्ला अदालतमा निवर्तमान सभामुख महराको बयान सुरु भएको हो ।

महरामाथि संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कारको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका महरालाई सरकारी वकिलको कार्यालय, काठमाडौँले बिहीबार बलात्कार प्रयास गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

अहिले जिल्ला अदालत काठमाडौँमा महरालाई उपस्थित गराएर न्यायाधीश सुर्दशनराज पाण्डेको एकल इजलासमा बयान सुरु भएको छ ।

बयान सकिएपछि थुनछेक बहस शुरु हुनेछ । त्यसपछि मात्र महरा छुटने, धरौटीमा रिहा हुने वा पूर्पक्षका लागि कारगार चलान गर्ने अदालतले फैसला गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप