मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज : एक्लै आयो सुशील र आमिरको ‘बादशाह जुट’

शुक्रबार, १५ कात्तिक २०७६, १२ : १५
शुक्रबार, १५ कात्तिक २०७६

काठमाडौं – अभिनेता सुशील श्रेष्ठ र आमिर गौतम अभिनित फिल्म ‘बादशाह जुट’ आजबाट रिलिज भएको छ । फ्राइडे रिलिज अन्तर्गत यो फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो ।

यद्यपि देशभरका चलचित्र भवन भने यो फिल्मले एकल प्रदर्शनको अवसर पाएका छैन । किनभने दसैँको छेको प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ले अझैसम्म हल कब्जा गरेर बसेको छ, भने अघिल्लो हप्ताको फिल्म ‘पोइ पर्यो काले’ को अझै दबदबा कायमै छ । 

तर पनि यो फिल्मको व्यवसाय राम्रो हुने दाबी निर्माण युनिटको छ । फिल्मको कन्टेन्ट बलियो भएकोले फिल्मले दर्शक तान्ने निर्देशक जोनी सिंह राणा बताउँछन् ।

फिल्ममा सुशील श्रेष्ठ, आमिर गौतम, रोषी खड्का, केइषा राउत, रश्मी पाण्डे, रोबिन तामाङलगायतको अभिनय छ ।

अभिषेक शशी कुमारको पटकथा, कृष्ण भारद्धाजरकोशिश क्षेत्रीको संगीत, राजकुमार उप्रेतीको एक्सन, राजु कार्कीको छायाँकन, दीर्घ खड्काको सम्पादन रहेको फिल्म हर्क बहादुर कुँवर र भोजराज श्रेष्ठले मिलेर बनाएका हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप