शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सञ्चारमाध्यमलाई सोनिकाको चेतावनीः बी केयरफूल वीथ दिस् सोनिका !

शुक्रबार, १५ कात्तिक २०७६, १२ : १०
शुक्रबार, १५ कात्तिक २०७६

काठमाडौं । विवादित युट्युबर सोनिका रोकाय र पूर्वयुवराज पारस शाह एउटै बाइकमा बसेको तस्बिर केही अगाडि सामाजिक सञ्जालबाट सार्वजनिक भयो ।

तस्बिर सार्वजनिक भए लगतै सामाजिक सञ्जाल उनीहरुको निकटताको विषयमा विभिन्न अड्कल काटिए । उनीहरुको निकटतालाई प्रेम भन्ने पनि कम थिएनन् ।

सामाजिक संजालमा यो चर्चा सेलाउन नपाउँदै फेरि एउटा टिकटक भिडियो बाहिरियो । उक्त भिडियोले उनीहरुको निकटता र सम्बन्धको विषयमा थप कौतुहल थप्यो ।

केही महिना लगातार सोनिकासँग देखिन थालेका पारस र सोनीकाको विषयमा अनलाइनमा विभिन्न समाचार, सामाजिक सञ्जालमा ट्रोलहरु बन्न थाले ।

युट्युबमा ‘एडल्ट कन्टेन्ट’ भएको अन्तरवार्ता लिएर चर्चामा आएकी सोनिकाको पारससँगको यो निकटतालाई सामाजिक संजालमा पारसको घर बिगारेको भनेर गाली गर्ने पनि धेरै थिए ।

तर यस विषयमा भने सोनिका मौन रहेकी थिइन् । अहिले भने उनले मुख खोलेकी छन् । उनले एक भिडियो सार्वजनिक गर्दै सो विषयमा आफ्नो भनाइ बाहिर ल्याएकी हुन् ।

उनले आफ्नो भनाईमा पारस सरकारसँगको विषयमा जोडिएर आएको आफ्नो समाचार र ट्रोलबाट आफूलाई चित्त दुखेको बताउँदै उक्त समाचार र ट्रोल भ्रामक भएको बताएकी छन् । बाइकमा चढेको टिकटक भिडियोलाई आधार बनाएर जथाभावी लेख्ने सञ्चारमाध्यमलाई उनले कटाक्ष गरेकी छिन् ।   

‘म कुनै रुम भित्र भेटिएकी छैन ।’ उनले भनिन् ‘बाइकमा चढेको तस्बिरको आधारमा सम्बन्धको विषयमा बिभिन्न अडकल लगाउँदै जुन समाचार बाहिर आएको छ । त्यो गलत हो ।’

अनलाइन सञ्चारमाध्यमले आफ्नो विषयमा आफूलाई नबुझी गलत समाचार छापेको बताएकी छन् । ‘पारस शाह र आफ्नो रिलेसनको विषयमा अहिले सबै कुरा बाहिर ल्याउन चाहन्नँ ।’ उनले थपिन् ‘हाम्रो बारेमा पहिले भ्रामक समाचार आएको छ । त्यसैले अहिले सत्य कुरा बाहिर ल्याउँदा कसैले विश्वास गर्दैनँ ।’

सोनिकाले अनलाइन सञ्चारमाध्यमले आफ्नो समाचारको स्टाइलसमेत चोरेको आरोप लगाएकी छिन् ।

‘यो त मेरो स्टाइल भएन र ? मेरो तरिका कपी गरेको होइन र ? पैसाका लागि उहाँहरुले पनि आफ्नो दिमाग युज गर्नु भएन र ? पैसाका लागि ममात्रै दौडिएकी थिइनँ । वेस्टर्न एजुकेशनले यही सिकाउँछ । पैसा पैसा पैसा । र उहाँहरुले पनि त्यही गर्नुभयो । म कसरी गलत भएँ र तपाईंहरु कसरी सही हुनुभयो ? यदि अहिले आएर पनि तपाईं यस्ता हेडलाइनहरु युज गर्नुहुन्छ भने तपाईं कसरी सही हुनुभयो ? तपाईंको कन्टेन्ट चाँही सबै पोजिटिभ, टाइटल चाँही नेगेटिभ । टाइटल नेगेटिभ भएपछि कमेन्ट नेगेटिभ हुन्छ । मान्छेले सबै पढ्दैनन् । त्यही टाइटलमा नै केन्द्रीत रहने हुन् । यो मेरो स्टाइल कपी भयो नि ।’

उनको स्टाइल कपी गर्ने अनलाइन मिडिया चाँही सही हुने, आफू चाँही कसरी गलत हुने भनेर प्रश्न गर्दै उनले चेतावनीयुक्त लवजमा भनिन्, ‘टु दोज अनलाईन मिडिया । प्लीज बि क्यारफुल वीथ दिस् सोनिका ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप