बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शताब्दीको सबैभन्दा धेरै दान दिए बिल गेट्सले

बिहीबार, ०१ भदौ २०७४, १३ : ००
बिहीबार, ०१ भदौ २०७४

संसारका सर्वाधिक धनी व्यक्ति र अमेरिकी टेक्नोलोजी कम्पनी माइक्रोसफ्टका संस्थापक बिल गेट्सले अहिलेसम्मको आफ्नो सबैभन्दा ठूलो दान दिएका छन् । उनले आफ्नो कूल सम्पत्तिको ५ प्रतिशतको  बराबर माइक्रोसफ्टको आफ्नो सेयर दानमा दिएका छन् ।

गेट्सले यस वर्षको जून ६ तारिखमा सफ्टवेयर बनाउने माइक्रोसफ्टको ६ करोड ४० लाख शेयर दान गरे वसको मूल्य ४.६ अर्ब डलर रहेको छ । सोमबार सिक्योरिटिज एण्ड एक्सचेन्स कमिशनको तर्फबाट जारी रिलिजबाट यसबारे जानकारी पाइएको हो ।

यद्यपी, गेट्सले यति धेरै रकम कसलाई दान दिए तर यति थाहा छ कि उनले धेरैजसो दान आफ्नो बिल एण्ड मेलिन्डा फाउन्डेशनलाई दिएका हुन् । बिल एण्ड मेलिन्डा फाउन्डेशन गेट्स दम्पत्तीले परोपकारी कार्यलाई सम्पन्न गर्नका लागि स्थापना गरेका थिए ।

सन् २००० मा माइक्रोसफ्टले ६ करोड ४० लाख शेयरको दानपछि गेट्सको तर्फबाट गरिएको यो दान सबैभन्दा धेरै हो । यद्यपी, सन् १९९९ मा उनले १६ अर्ब डलर मूल्यको शेयर दान गरिसकेका छन् । त्यसको अर्को वर्ष उनले ५.१ अर्ब डलर दानमा दिएका थिए ।

ऐतिहासिक दानः

गेट्स फाउन्डेशनको तर्फबाट फाइल ट्याक्स रिटन्र्स, ऐनुअल रिपोर्टस् र रेग्युलेटरी फाइलिङ्गको समिक्षाबाट थाहा हुन्छ कि बिल एण्ड मेलिन्डा गेट्सले सन् १९९४ देखि सेयर र नगदको रुपमा ३५ अर्ब डलर दान गरिसकेका छन् । गेट्सले अर्बपती लगानीकर्ता वारेन बफेटसँग गिविंग प्लेजको स्थापना सन् २०१० मा गरेका थिए । त्यतिबेलादेखि १ सय ६८ धनाढ्य उनीसँग जोडिएका छन् जसले आफ्नो सम्पत्तिको धेरैभन्दा धेरै हिस्सा दान गर्ने संकल्प लिएका छन् ।

गेट्सले माइक्रोसफ्टको सायद ७० करोड शेयर आफ्नो फाउन्डेशनलाई दिइसकेका छन् । यदि यो शेयर अहिले उनीसँग भएको भए आज ५० अर्ब डलर नगद उनीसँग हुने थियो । अब कम्पनीमा उनको हिस्सा घटेर १.३ प्रतिशत भएको छ जुन सन् १९९६ मा २४ प्रतिशत थियो ।

अचम्मको कुरा के छ भने यति धेरै सम्पत्ति दानमा दिएपनि बिल गेट्स संसारका सबैभन्दा धनी व्यक्तिको शीर्ष स्थानमा छन् । ब्लूमबर्गको अर्बपतीको सूचीमा उनको सम्पत्ति ८६.१ अर्ब डलर आँकलन गरिएको छ । पछिल्लो महिना मात्र केही बेरका लागि एमेजोनका जेफ बेजोस उनीभन्दा अगाडि आएका थिए जब कम्पनी शेयरले निकै उकालो चढ्यो र बेजोसको सम्पत्तिमा ३० प्रतिशतको बढोत्तरी भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप