शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ट्रम्पमाथि महाभियोग चलाउने प्रस्ताव संसदद्वारा मञ्जुरः पक्षमा २३२, विरोधमा १९६ भोट खस्यो

शुक्रबार, १५ कात्तिक २०७६, ०९ : ५४
शुक्रबार, १५ कात्तिक २०७६

अमेरिकाको हाउस अफ रेप्रिजेन्टेटिभले बिहिबार राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव चलाउने प्रस्तावलाई मञ्जुरी दिएको छ । यसको पक्षमा २३२ भोट हालियो भने विरोधमा १९६ भोट खस्यो । प्रतिनिधी सभामा डेमोक्रेटिक पार्टीको बहुमत छ । यसैको नेतृत्वमा महाभियोग अनुसन्धान प्रक्रिया सुरु गरियो । ट्रम्पमाथि आफ्ना विरोधी जो बिडेन र उनका छोराविरुद्ध युक्रेनी ग्यास कम्पनीमा भ्रष्टाचारको मामलाको अनुसन्धानका लागि युक्रेनमाथि दबाब दिएको आरोप छ ।

प्रस्तावमा सार्वजनिक अनुसन्धान गर्न र यसको नेतृत्व कांग्रेसको गोप्य मामलाको समितिका प्रमुख एडम स्किफलाई दिन भनिएको छ । समितिका प्रेसिडेन्ट म्याक्गवर्नले राष्ट्रपतिद्वारा शक्तिको दुरुपयोग, राष्ट्रिय सुरक्षा र चुनाव प्रक्रियाको गोप्य सम्झौता गरेको प्रमाण आफूसँग भएको बताए ।

दुईपटक चल्यो प्रक्रिया, तर राष्ट्रपति हटेनन्ः

ट्रम्पलाई पदबाट हटाउनका लागि २० रिपब्लिकन सांसदले आफ्नै राष्ट्रपतिविरुद्ध भोट हाल्नु पर्नेछ । यद्यपि, यसको सम्भावना कमै छ । अहिलेसम्म अमेरिकी राजनीतिक इतिहासमा कुनै पनि राष्ट्रपतिलाई महाभियोगमार्फत् हटाइएको छैन । अमेरिकाका १७ औं राष्ट्रपति एन्ड्रयू जोनसन र ४२ औं राष्ट्रपति बिल क्लिैटनविरुद्ध महाभियोग प्रक्रिया चलेको थियो तर दुबैजना योबाट बचेका थिए ।

प्रतिनिधी सभाको ६ समितिले अनुसन्धान गर्नेछः

प्रतिनिधी सभाको ६ समितिले राष्ट्रपति ट्रम्पमाथि महाभियोगको मामलाको अनुसन्धान गर्नेछ, सबैभन्दा बलियो मामलालाई न्यायिक समितिमा पठाइनेछ ।

यसमा गलत काम भएको प्रमाण नभेटिए ट्रम्प सुरक्षित हुनेछन् भने प्रमाण भेटिए प्रतिनिधि सभा महाभियोगका विभिन्न धारा लगाउनका लागि मतदान हुनेछ ।

यो मतदानमा बहुमतभन्दा कम भोट खसे ट्रम्पलाई कुनै खतरा छैन तर बहुमतभन्दा धेरै भोट आए महाभियोगको मामला अघि बढ्नेछ ।

 त्यसपछि मुद्दा सिनेटमा जानेछ, सिनेटले विभिन्न धारामा सुनुवाई गर्नेछ । ट्रायलमा सिनेटले ट्रम्पलाई दोषी देखाउनका लागि भोटिङ गर्नेछ । (यो सम्भावना कम छ किनभने सिनेटमा रिपब्लिकन पार्टीको बहुमत छ)

यो मतदानमा दुई तिहाईभन्दा कम भोट आए ट्रम्प पदमा रहिरहनेछन् । धेरै भोट आए ट्रम्पले कुर्सी छोड्नुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप