मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

साइप्रसमा नेपाली युवती मृत फेला

बिहीबार, ०१ भदौ २०७४, १३ : ००
बिहीबार, ०१ भदौ २०७४

समिम मियाँ 

साइप्रस–रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ ।


मृृत्यु हुनेमा रामेछाप जिल्ला टोकरपुर ८ कि २२ वर्षीय यमुना खपांगी मगर छन् ।


गत आइतबार साँझ बेहोस अवस्थामा भेटिएकी उनलाई तत्कालै अस्पताल लगिएको थियो । तर अस्पताल पुग्दा उनको ज्यान गईसकेको फमगुस्ता जेनेरल अस्पतालले जनाएको छ ।

पानीमा डुबेर उनको मृत्यु भएको पोस्टमार्टम प्याथलोजिस्ट इलानी एन्टोनियोले बताएको  साइप्रसमेल अनलाइनले लेखेको छ । उनी विगत १६ महिनादेखि लिमासोलमा कार्यरत थिइन् ।

मृतकको शव  नेपाल पठाउन कन्सुलेट मार्फत  स्थानीय निकायसंग आवश्क पहल भइरहेको एनआरएनए साइप्रसका अध्यक्ष सुभास मल्ल बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप