बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वाणिज्यदूत ढकालद्वारा इण्डोनेशियाको झण्डोत्तलन

बिहीबार, ०१ भदौ २०७४, १२ : ५३
बिहीबार, ०१ भदौ २०७४

काठमाडौं–नेपालका लागि ईण्डोनेशियाका अवैतनिक वाणिज्यदुत चन्द्र प्रसाद ढकालले बिहीबार वाणिज्यदुतको कार्यालय आईएमई कम्प्लेक्स परिसरमा इण्डोनेशियाको झण्डोत्तलन गरेका छन् । गणतन्त्र ईण्डोनेशियाको ७२औं स्वतन्त्रता दिवसको अवसरमा झण्डोत्तलन गरिएको हो ।


कार्यक्रममा नेपालमा बसोबास गरिरहेका  ईण्डोनेशियन नागरिक, वाणिज्यदुत कार्यालयका कर्मचारी तथा आइएमई ग्रूपमा कार्यरत कर्मचारी सहभागिी थिए । नेपाल र गणतन्त्र ईण्डोनेशियाबीच सन् १९६० मा औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । 


गणतन्त्र ईण्डोनेशिया र नेपालबीच आपसी कुटनीतिक र आर्थिक सम्बन्ध वाणिज्य दूतावासको स्थापनाले थप मजबुत बन्दै आएको जनाइएको छ । नेपालकालागि ईण्डोनेशियाको गैह्र आवासीय राजदुतको कार्यालय बंगलादेशको ढाकामा छ । नेपालस्थित अवैतनिक वाणिज्यदूतको कार्यालयको पहलमा सन् २०१६ मेदेखि नेपाली नागरिकलाई ईण्डोनेसियामा फ्री भिषा अन अराइभल पनि दिन थालिएको छ ।


यो व्यवस्थाले नेपालीलाई ईण्डोनेशिया भ्रमणमा सहज बनाएको छ र दुवै देशको पर्यटन व्यवसायमा राम्रो प्रभाव पारेको जनाइएको छ । ईण्डोनेशिया आसियान राष्ट्रमध्येको सबैभन्दा ठूलो अर्थतन्त्र हो ।  साथै नेपाल र ईण्डोनेशियाबीचको व्यापारको परिमाण निकै ठूलो छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप