केन्द्रीय संस्करण

कञ्चनपुरमा पर्खालमा ठोक्किएर एक पुरुषको मृत्यु

person explore access_timeकात्तिक १४, २०७६ chat_bubble_outline0
FILE PHOTO

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा छिमेकीको पर्खालमा ठोक्किएर एक युवकको मृत्यु भएको छ । मदिरा सेवन गरी घर जाने क्रममा छिमेकीको पर्खालमा ठोक्किएर शुक्लाफाँटा नगरपालिका–६ वनसमितिका ३९ वर्षीय तोरण भण्डारीको गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । 

‘बढी मात्रामा मादक पदार्थ सेवन गरेकाले पर्खालमा ठोक्किएर निधारमा गहिरो चोट लागेको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ’, इलाका प्रहरी कार्यालय झलारीका प्रहरी सहायक निरीक्षक गजेन्द्र ऐरले भने, ‘बिहान मात्रै गाउँलेले शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।’ शव परीक्षणका अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.