शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘भीआईपी जुवाडे’ लाई थप दुई दिन हिरासतमा राख्न अनुमति

बिहीबार, १४ कात्तिक २०७६, १२ : ३०
बिहीबार, १४ कात्तिक २०७६

काठमाडौँ । महाराजगन्जको एक घरबाट जुवा खेलिरहेको अवस्थामा समातिएका २५ जुवाडेलाई थप २ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौँले उनीहरुलाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको हो । बिहीबार प्रशासनमा उपस्थित गराइएका २५ जना उनीहरुलाई प्रमुख जिल्ला अधिकारी  जनकराज दाहालले एकमुष्ट ७ दिनको म्याद दिएर अनुसन्धान प्रक्रियालाई अघि बढाउन अनुमति दिएका हुन् । 

उनीहरु पक्राउ परेको ५ दिन बितिसकेको छ भने अब २ दिनमा प्रहरीले अनुसन्धान गरेर जिल्ला प्रशासन कार्यालयमा पेश गर्नुपर्नेछ  । 

यसैबीच बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका जुवाडेमध्येका १४ जनाको रिटमा बिहीबार सुनुवाइ हुँदैछ । 

तिहारको बेला जुवा खेलिरहेको अवस्थामा २५ जुवाडे २ करोड ६७ लाखसहित पक्राउ परेका थिए । पक्राउ पर्नेमा केही भीआइपी जुवाडे समेत रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप