शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालिन कर्फ्यू

बिहीबार, १४ कात्तिक २०७६, ११ : ४४
बिहीबार, १४ कात्तिक २०७६

कपिलवस्तु– लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्ने क्रममा विवाद भएपछि सम्भावित झडपलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले कपिलवस्तुको कृष्णनगरमा कर्फ्यू लगाएको  छ । मूर्ति विसर्जनका क्रममा सुरु भएको दुईपक्षीय विवाद हिंसाको तहसम्म पुगेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यूू लगाएको जनाएको छ ।

कृष्णनगर भन्सार कार्यालयदेखि ७ सय मिटर उत्तर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटरको क्षेत्रमा बिहीबार बिहान ११ बजेदेखि अर्को आदेश नभएसम्मका लागि प्रशासनले कर्फ्यू जारी गरेको हो ।

यसअघि गत वर्ष पनि दशैँमा दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कृष्णनगरमा विवाद हुँदा कर्फ्यू लगाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप