दुई किशोरी र एक युवती बलात्कृत, तीन जना पक्राउ
काठमाडौं– एक २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका-८ गैसार बस्ने खोटाङ घर भएका २१ वर्षीय बिजय राईलाई प्रहरीले पक्राउ गरेको छ ।
राईले ती महिलालाई डरत्रास देखाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाँचखाल नगरपालिका- १ ज्यामिरेबोट बस्ने २१ वर्षीय बिक्रम तामाङलाई पनि बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । तामाङले ती किशोरीलाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरी चौकी पाँचखालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी संखुवासभा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चैनपुर नगरपालिका- २ बस्ने ४४ वर्षीय तर्बु शेर्पालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट शिद्धपोखरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सबै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु