मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्युु

बुधबार, १३ कात्तिक २०७६, २० : ३१
बुधबार, १३ कात्तिक २०७६

जनकपुर–टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको ज्यान गएको छ ।

बुधबार जनकपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थित तपसी चोकमा ना ५ ख  १६७४ नम्बरको टिपरले ठक्कर दिँदा महोत्तरी मनर सिस्वा नगरपालिका वडा नम्बर ९ स्थित बथनाहाका ३५ वर्षका सञ्जीव झाको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

ज१० प७७६७ नम्बर मोटरसाइकलमा जनकपुर किनमेल गर्न आएको झालाई तीव्र गतिको टिरले ठक्कर दिएको स्थानीयले बताएका छन् । 

 घटना पश्चात तत्काल झालाई जनकपुर स्थित प्रादेशिक अस्पताल लगिएको थियो । तर अस्पताल लैजाँदा गर्दै बाटोमा नै झाको मृत्यु भएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप