शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राहतमा राजनीति, चुनावमा भोट बटुल्ने दाउ

बिहीबार, ०१ भदौ २०७४, ११ : ४१
बिहीबार, ०१ भदौ २०७४

वीरगन्ज –    स्थानीय तहको निर्वाचन हुन महिना दिन मात्रै बाँकी रहँदा आएको बाढी पहिरोलाई यहाँका राजनीतिक दलले भोट बटुल्ने मेसो बनाएका छन् । 

    बाढीले घरबार बगाएका र खाने अन्नपात समेत नरहेका पीडितहरु राहतको पर्खाइमा रहेको बेला दलका उम्मेदवारहरुले आफ्नो निर्वाचन क्षेत्र भित्र पार्टीको झण्डासहित उपस्थित भएर राहत बाँडिरहेका छन् । 

    राहतको पहिलो प्राथमिकतामा पूर्ण रुपमा प्रभावित नागरिक हुनुपर्ने भएपनि दलहरु स्थानीय प्रशासनको एकद्धार नीति विपरित एउटै ठाउँमा सवैले राहत बाँड् पुगे । गत शनिबार आएको भीषण बाढीले जिल्लाको उत्तर–पश्चिमी र दक्षिणी भेगमा बढी क्षति पुर्याएको भएपनि वीरगंज महानगरको स्थानीय तहको निर्वाचनमा मतदाता आकर्षित गर्न सबै राजनितिक दलहरु महानगर क्षेत्रमै राहत वितरणमा लागेका छन् ।

    महानगरका मतदातालाई प्रभावमा पार्न एउटै क्षेत्रका बाढीपिडितलाई यहाँका सबै राजनितिक दलहरुले राहत वितरण गरि प्रचारबाजीमा उत्रिएका छन् भने पश्चिमी र दक्षिणी क्षेत्रमा कसैको चासो नरहेको एकीकृत नेकपा माओवादी पर्साका नेता पिएल श्रेष्ठले बताए । 

 जिल्लाको दक्षिण पश्चिम भेगका बाढि पीडितहरुले विगत ६ दिनमा स्थानीय प्रशासनले दिएको भुजा चिउरा र चाउचाउ बोहक केहि पाउन नसकेको पकहामैनपुर गाउँपालिकाका स्थानीय सन्तोष पटेलले गुनासो गरे । 

    पर्साको बुडगाई, मिर्जापुर, सम्भौता, धोविनी, लगायतका क्षेत्रमा घरबार विहिन भएका करिब ७ सय बाढीपिडितले अहिलेसम्म राहत नपाएको बताईएको छ । 

जिल्लाको धोवियाटोलामा हालसम्म पनि  ३ फिटसम्म पानी जमेको कारण खाना बनाउन र बस्न समेत समस्या भईरहेको छ । सो स्थानमा बुधबार जिल्ला प्रसाशन कार्यालय पर्सा र केहि संघसंस्थाले एकदिन पुग्ने गरि राहत वितरण गरेका छन् ।
 राहतको पर्खाइमा रहेका ग्रामिण भेगका स्थानीयहरु राजनीतिक दलले वीरगंज महानगरमा मात्रै राहत वितरण गरिरहेको खबर रेडीयोमा सुन्दा खिन्न भएका छन् । 
    त्यस्तै जिल्लाको सवैभन्दा विकट मानिने ठोरी, निर्मलबस्ती लगायतका बाढी पिडितहरु अझैसम्म राहतको पर्खाईमै रहेको भएपनि कतैबाट राहत नपाईएको ठोरीका स्थानिय रामप्रकाश कुँवरले बताए । 
 आगामी असोज २ को स्थानिय तहको निर्वाचनमा प्रदेश नं. २ को एक मात्र महानगरपालिका वीरगंजलाई प्रमुख दल लगायत मधेशी दलले समेत प्रतिष्ठाको विषय बनाउँदा बाढी पिडितको नाममा सबै दलहरु मतदाता आकर्षित गर्न लागिपरेका छन् । दलहरु वीरगंज महानगर क्षेत्रमै केन्द्रित भएपछि जिल्लाका ग्रामिण भेगका बाढीपिडीतहरु दलहरुप्रति आक्रोशित भएका छन् भने राहत कम र प्रचारबाजी बढी भएपछि सामाजिक संजालमा चौतर्फी आलोचना भईरहेको छ ।
    वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुबोध गुप्ताले राहतको नाममा राजनिति छोडेर बाढीपिडितको समस्या सामाधानमा लाग्न दलहरुलाई सुझाव दिए । 
उपाध्यक्ष गुप्ताले राहतको नाममा विरगंज क्षेत्रमा मात्रै केन्द्रित हुनुभन्दा राहत नपुगेका अति प्रभावित क्षेत्रमा पनि उद्वार, पुर्नस्थापना र राहतको व्यवस्थाको बारेमा सर्वपक्षिय सहमती बनाई सामाधान खोज्नुपर्नेमा जोड दिए । 
स्मरण रहोस् निर्वाचन आयोगले दुई नम्बर प्रदेशमा असोज २ गते  हुने चुनावको लागि आजदेखि आचारसंहिचा लागू गरेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमित अग्रवाल
अमित अग्रवाल

 अग्रवाल रातोपाटीका पर्सा जिल्ला प्रतिनिधि हुन् ।

लेखकबाट थप