शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बिहारका २५ बाढी पीडित परिवारलाई अक्षय कुमारले १ करोड रुपैयाँ सहयोग गर्ने

बुधबार, १३ कात्तिक २०७६, १४ : २९
बुधबार, १३ कात्तिक २०७६

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारले बिहारमा आएको बाढीबाट प्रभावित २५ परिवारलाई एक करोड भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

पीडित परिवारलाई छट पूजाको दौरान चेकको रुपमा हस्तान्तरण गरिनेछ । पीडित परिवारलाई ४–४ लाख रुपैयाँ चेकबाट हस्तान्तरण गरिनेछ ।

यसअघि पनि अक्षय कुमारले पुलवामा हमलामा शहीद भएका परिवारलाई ५ करोड भारतीय रुपैयाँ सहयोग गरेका थिए ।

‘प्राकृतिक विपद्ले हामीलाई याद दिलाउँछ हामी उसको अगाडि केही पनि होइनौँ,’ अक्षयले भने, ‘यस्तो मौकामा हामी जस्तो मद्दत गर्न सक्छौँ, हामीले गर्नुपर्छ । आफ्नो सबै गुमाएकाहरुलाई फेरि जीवन शुरुवात गर्न मद्दत गर्न सक्छौँ ।’

हालैमात्र अक्षयको हाउसफूल ४ चलचित्र रिलिज भएको थियो । यस वर्ष अक्षयको अर्को चलचित्र गुड न्यूज रिलिज हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप