बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मोरङबाट ६ लाख ६० हजारसहित २० जुवाडे पक्राउ

बुधबार, १३ कात्तिक २०७६, ०८ : ०६
बुधबार, १३ कात्तिक २०७६

मोरङ प्रहरीले विभिन्न २ स्थानबाट २० जुवाडेलाई नगद ६ लाख ६० हजार २४५ सहित पक्राउ गरेको छ । 
 विराटनगर महानगरपालिका वडा नं ३ स्थित एक घरबाट प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ । 

उनीहरुको साथबाट कौडा १ सेट (१६ वटा) र नगद  ४ लाख ४९ हजार ६३५बरामद भएको प्रहरीले जनाएको छ । 

यसैगरी विराटनगर महानगरपालिका वडा नं ८ बाट पनि प्रहरीले जुवा खेलिरहेको अवस्थामा १० जनालाई नियन्त्रणमा लिएको छ । 

उनीहरुको साथबाट कौडा १ सेट र नगद  दुई लाख दश हजार छ सय दश बरामद भएको प्रहरीले जनाएको छ।  उनीहरु सबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान  भइरहेको मोरङ प्रहरीले जनाएको छ  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप