शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भाइटीकाको दिन नै गोवर्द्धन पूजा, यस्तो छ कारण

मङ्गलबार, १२ कात्तिक २०७६, ०८ : २९
मङ्गलबार, १२ कात्तिक २०७६

काठमाडौं । आज भाइटीकाको दिन नै गोवद्र्धन पूजा परेको छ ।  द्वापरयुगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रच लन बसेको बताइन्छ ।

यो दिन आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई पूजा गर्ने गरिन्छ । 
 
यसवर्ष तिथिको घटबढका कारण भाइटीकाको दिन गोवद्र्धन पूजा परेको हो । कात्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ आज बिहान ७ः५१ बजेसम्म प्रतिपदा तिथि थियो ।

 गोवद्र्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने भएकाले मङ्गलबार नै गर्ने निर्णय गरिएको नेपाल पन्चांग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताए । 

  बिहान प्रतिपदा तिथि हुँदै गोवद्र्धन पूजा गर्न समितिले आह्वान गरेको छ । त्यसपछि भाइटीका लगाउन सकिने समितिले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप