बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काउन्टिन्हो र डेम्बेले किन्ने नजिक छौँ : बार्सिलोनाका महाप्रबन्धक

बिहीबार, ०१ भदौ २०७४, १० : १०
बिहीबार, ०१ भदौ २०७४

बार्सिलोना । बार्सिलोनाका महाप्रबन्धन पेप सेगुराले फिलिपे काउन्टिन्हो र ओसमान डेम्बेलेलाई अनुबन्ध गर्ने नजिक क्लब पुगेको दाबी गरेका छन् ।

लिभरपुलले काउन्टिन्होलाई बिक्री नगर्ने कुरा दोहोराइरहँदा बार्साले ९ करोड पाउण्डको अफर गरेपछि ब्राजिलियन प्लेमेकरले भने आफू क्लब छाड्न इन्छुक रहेका जानकारी गराएका थिए ।

चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडसँग स्पेनिस सुपरकपमा ५–१ को नमिठो पराजय भोगेपछि सेगुराले उक्त कुरा बताएका हुन् ।

‘काउन्टिन्हो र डेम्बलेले दुवै अनुबन्ध नजिक छन् । आशा गरौँ उनीहरुलाई बार्सिलोनाको सर्टमा देखिनेछ,’ उनले भने ।

स्पेनिस टेलिभिजन टिभीथ्रीसँग कुरा गर्दै सेगुराले भने, ‘अनुबन्ध नभएसम्म केही भन्न सक्दैनौँ । हामीलाई थाहा छ हामीले टोलीलाई मद्दत गर्नुछ र टोलीलाई सशक्त बनाउनु छ । हामी त्यही गरिरहेका छन् ।

बुधबार स्पेनमा बार्सिलोना र डर्टमण्डबीच डेम्बेलेलाई अनुबन्ध गर्न ९ करोड पाउण्डको सम्झौता भएको खबरहरु छापिएको थियो ।

स्टार खेलाडी नेयरमार १९।८ करोड पाउण्डमा क्लब छाडेर पेरिस सेन्ट जर्मेन गएपछि क्लब यतिबेला असन्तुलित देखिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप