शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बराक ओबामाले ट्वीटरमा बनाए यो ऐतिहासिक रेकर्ड

बिहीबार, ०१ भदौ २०७४, १० : ०६
बिहीबार, ०१ भदौ २०७४

अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले अमेरिकी राज्य भर्जिनियाको शेर्लोट्सविलमा एक र्यालीको क्रममा भएको हिंसामाथि प्रतिक्रियास्वरुप गरेको ट्वीटले २८ लाख ‘लाइक’ पाएसँगै यो ट्वीटरको इतिहासमा सबैभन्दा धेरै स्विकृत पोष्ट बनेको छ ।

‘भेराइटी डट कम’ का अनुसार ओबामाद्वारा १२ अगस्टमा गरिएको ट्वीटले गायिका एरियाना ग्रान्डेद्वारा म्यान्चेस्टर हमलाको सन्दर्भमा गरिएको उक्त ट्वीटको रेकर्ड तोडेको छ जसले २७ लाख ‘लाइक्स’ पाएको थियो ।

दक्षिण अफ्रिकाका दिवंगत राजनेता नेल्सन मण्डेलाको कथनलाई उद्धृत गर्दै ओबामाले ट्वीट गरे, ‘कुनै पनि व्यक्ति छालाको रंग वा पृष्ठभूमी वा धर्मको आधारमा कुनै अन्य व्यक्तिलाई घृणा गर्नका लागि जन्मिएको होइन । मानिसहरुले घृणा पक्कै सिक्नुपर्छ र यदि उनीहरु घृणा गर्न सिक्छन् भने उनीहरुलाई प्रेम गर्न पनि सिकाउन सकिन्छ । मानिसको मनमा घृणाभन्दा प्रेम स्वभाविक रुपमा बढि उर्लने गर्दछ ।’

साथै, ओबामाको यो ट्वीट चौथो सबैभन्दा धेरै रिट्वीट गरिएको ट्वीट पनि बनेको छ । यसलाई ११.६ लाखभन्दा बढि पटक रिट्वीट गरिएको छ । ट्वीटरमा ओबामाका ९.३३ करोड फलोअर्स छन् जबकी अमेरिकाका अहिलेका राष्ट्रपति डोनल्ड ट्रम्पका ३.५९ करोड फलोअर्स छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप