बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

खैरहनीबाट २० जुवाडे पक्राउ

सोमबार, ११ कात्तिक २०७६, १२ : ४६
सोमबार, ११ कात्तिक २०७६

चितवन– पूर्वी चितवनको खैरहनीबाट २० जना जुवाडे पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीले खैरहनी नगरपालिका–१ सिमलघारीमा गए राति कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको हो ।


विशेष सुराकीका आधारमा कयर खोलाको छेउमा रहेको एउटा घरमा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए । उनीहरुको साथबाट रु एक लाख ९१ हजार बरामद भएको प्रहरीले जनाएको छ । 

त्यस्तै प्रहरीले १२ वटा मोटरसाइकलसमेत बरामद गरेको जानकारी दिएको छ ।

बसको ठक्करबाट एकको मृत्यु
चितवनको खैरहनीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–८ पर्सा बजारमा गए राति नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको ना६ख १७४१ नंको बसले  विपरीत दिशाबाट आउँदै गरेको ना५५प २१३१ नंको मोटरसाइकललाई ठक्कर दिएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते बनेका मोटरसाइकल चालक खैरहनी–१ बस्ने ३० वर्षीय अनिल अधिकारीको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शवपरीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

यसैगरी नारायणी नदीको पुलबाट हाम फालेका एक जनाको मृत्यु भएको छ । अर्का एक जना बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय नारायणगढले दिएको जानकारीअनुसार आइतबार अपराह्न ४ बजे हाम फालेका अन्दाजी ३०÷३५ वर्षीय पुरुषको शव नदी किनारमा फेला पारिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप