यसरी पुजियो गाई, तस्विरमा हेर्नुहोस्
काठमाडौँ– हिन्दुहरुको दोस्रो ठुलो चाड तिहारको चौथो दिन सोमबार गाई, गोरु र कृषकको पूजा गर्ने तथा मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधिका रुपमा लिइन्छ ।
गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता समेत भनेर चिनिन्छ ।
गाई पूजाका दिन मीठा–मीठा परिकार खान दिए गाईबाट पाइने शुद्धता सधैँ पाइने धार्मिक विश्वास छ । नेपालका कतिपय क्षेत्र र समुदायमा कात्तिकको कृष्ण औँसीकै दिन गाईपूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिदिए वैतरणी तर्ने धार्मिक विश्वास रहेको छ । यो बर्ष गाइ र गोरु पूजा एकै दिन परेको छ । सामान्यतया अघिल्लो दिन गाई पूजा र त्यसको भोलिपल्ट गोरुपूजा गर्ने गरिने भएपनि यो वर्ष सोमबारै गोरु तथा कृषकलाई समेत पूजा गरेर मनपर्ने परिकार खान दिइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर सहितका प्रतिवादीको निवेदनमाथि सुनुवाइ पुरा
-
कृष्ण कँडेलको फेसबुक आइडी ह्याक
-
मुख्यमन्त्री जम्कट्टेललाई एकीकृत समाजवादीको काउन्टर
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल