बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

छोरासँग होटलमा देखिइन् मोडल, राष्ट्रपतिकी श्रीमतीले गरिन् हमला

बिहीबार, ०१ भदौ २०७४, ०९ : ४५
बिहीबार, ०१ भदौ २०७४

जिम्बाब्वेका राष्ट्रपति रोबर्ट मुगाबेकी श्रीमती ग्रेस मुगाबेमाथि एक मोडलमाथि हमला गरेको घटना सार्वजनिक भएको छ । पीडित २० वर्षीया मोडल गेब्रिएला एन्जेल्स दक्षिण अफ्रिकाकी हुन् । यसबारे आरोपी ग्रेस मुगाबे दक्षिण अफ्रिकाको अदालतमा उपस्थित हुनुथियो तर उनले यस्तो गरिनन् ।

मोडलले आफू घाइते भएको तस्बिर सोसल साइटमा अपलोड गरेकी छिन् । दक्षिण अफ्रिकाको पुलिसका अनुसार ग्रेस कहाँ छिन्  यसबारे कसैलाई पनि थाहा छैन । मोडल गेब्रिएला एन्जेल्सले जोहान्सबर्गको होटलमा उनीमाथि हमला भएको जसका कारण उनी घाइते भएको बताइएको छ ।

राष्ट्रपतिकी श्रीमती ग्रेस मुगाबेले यसबारे केही टिप्पणी दिएकी छैनन् ।

मिडिया रिपोर्टका अनुसार राष्ट्रपतिकी श्रीमती एक होटलमा आफ्ना दुई छोरा र मोडललाई सँगै देखेर रिसाएपछि उनले उक्त हमला गरेकी हुन् ।

मोडलका अनुसार उनलाई एक्सटेन्सन कार्डले हमला गरिएको हो । हमला गर्नेबेला राष्ट्रपतीकी श्रीमती लर्खराएपनि उनले हमला गर्नभने नछोडेको उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप