शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

किर्तिमानी रकममा एभर्टन भित्रिए सिगर्डसन

बिहीबार, ०१ भदौ २०७४, ०९ : ४३
बिहीबार, ०१ भदौ २०७४

लण्डन । प्रिमियर लिग क्लब एभर्टनले क्लबका लागि किर्तिमानी रकममा स्वान्सी सिटीका मिडफिल्डर जिल्फी सिगर्डसनलाई अनुबन्ध गरेको छ । करिब ४.५ करोड पाउण्डमा उनी क्लबसँग अनुबन्ध भएको बताइएको छ ।

२७ वर्षीय खेलाडीले बुधबार मेडिकल पास गरेका छन् ।

क्लबले यसअघि चेल्सीबाट रोमेलु लुकाकुलाई भित्र्याउन ३.१८ करोड पाउण्ड खर्चेको थियो ।

‘क्लबका लागि अझ धेरै गोल गर्ने र गोलको अवसर सृजना गर्ने आशा गरेको छु । क्लबले जस्तो सफलता चाहिरहेको छ, त्यसमा योगदान दिने प्रयास गर्नेछु,’ उनले भने ।

आइसल्याण्डका खेलाडीले गत सिजन स्वान्सीलाई रेलिगेसनबाट जोगान ९ वटा गोल गर्नका साथै १३ गोलको अवसर सृजना गरेका थिए ।

यो अनुबन्धबाट टोटनहमले पनि १० प्रतिशत रकम प्राप्त गर्नेछ । उनी टोटनहमबाट नै स्वान्सी पुगेका थिए ।

गत सिजन उनले अन्य खेलाडीको तुलनामा डेड बलबाट सबैभन्दा धेरै एसिस्ट गरेका थिए भने उनले प्रिमियरमा डेब्यु गरेपछि फ्रिकिकबाट सबैभन्दा धेरै गोल गरेका छन् ।

३४ गोलसहित उनी स्वान्सीका लागि प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता पनि हुन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप