शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२०७६ साल कात्तिक १० गतेको राशिफल पढ्नुहोस्

आइतबार, १० कात्तिक २०७६, १२ : ३५
आइतबार, १० कात्तिक २०७६

वि.सं.२०७६ साल कात्तिक १० गते । आईतबार । ईश्वी सन् २०१९ अक्टोबर २७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । कार्तिक कृष्णपक्ष । तिथि चतुर्दशी,१४ घडी ०७ पला,बिहान ११ बजेर ५० मिनेट उप्रान्त औंशी । नक्षत्र चित्रा,५५ घडी ४१ पला,रातको ०४ बजेर २८ मिनेट उप्रान्त स्वाती । योग विष्कुम्भ,४४ घडी १९ पला,बेलुकी ११ बजेर ५५ मिनेट उप्रान्त प्रिती । करण शकुनि,बिहान ११ बजेर ५० मिनेट उप्रान्त चतुष्पद,बेलुकी १० बजेर ४५ मिनेट उप्रान्त नाग । आनन्दादिमा पद्य योग । चन्द्रराशि कन्या,बेलुकी ०५ बजेर १० मिनेट उप्रान्त तुला । 

काठमाडौंमा सूर्योदय ०६ बजेर ११ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २२ मिनेट । दिनमान २७ घडी ५७ पला । यम-पञ्चक,तिहार, प्रातस् तैलस्नान। नरकचतुर्दशी, कुकुर तिहार। दर्शश्राद्ध। लक्ष्मी पूजा। दीपावली -दीपमालिका। सुखरात्रि। निशि बार्ने औंसी।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पुराना समस्या तथा विवादित बिषयहरुलाई केहि समय दिएर सकाउन सकिनेछ । रुपैयापैसा बचत गरि नयाँ व्यापार व्यावसायमा लगानी गर्न सकिनेछ । घर परिवार तथा सामाजिक निर्णयहरु तपार्ईँकै पक्षमा हुनेहुनाले मन प्रशन्न रहनेछ । पढाइ लेखाइमा सामान्य प्रतिष्पर्धिहरु आफै साईड लाग्नेछन् । आफ्नो बिषेश मान्छेलाई लिएर यात्रामा निश्कन सकिनेछ भने प्रेममा नजिक हुने समय रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययनमा मन जाने तथा ध्यान केन्द्रित हुने हुँदा आफूले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ । आफन्त तथा गुरुजनहरुको सुझावलाई सिरोधार्य गर्दै अगाढि बढ्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पति पाउने योग रहेकोछ भने प्रेममा सामिप्यता बढेर जानेछ । सन्तान,छोराछोरी तथा आफन्त सँग रमाईलो यात्राको तय गर्न सकिनेछ । व्यापारमा लगानी गरि आर्थिक अवस्था सुधार्न सकिने समय रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने अरु व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ । सवारि साधन तथा घर जग्गाको कारोबारबाट केहि मात्रमा लाभ लिन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउँन बढिनै मिहिनेत गर्नुपर्नेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाब बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । राजनीति तथा समाजसेवामा जनताको खासै समर्थन प्राप्त हुनेछैन ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफन्त तथा शुभचिन्तकहरुको सहयोग तथा समर्थन पाईन ग्रहयोग रहेकोछ । दाजुभाईहरु सँगको सम्बन्धमा नया पनको बिकास हुनेछ । छोटो दुरिको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने आट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सुखि रहनेछ । साझपख समय मध्ययम रहेकोले सामाजिक काम गर्दा बिशेष ख्याल गर्नुहोला मान सम्मानमा दाग लाग्न सक्छ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समाजमा बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै थेरै कामहरु गर्न सकिनेछ । व्यापारमा बढोत्तरिको योग रहेकोछ भने नयाँ व्यावसाय सुरु गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ भने आफन्तको सहयोगले कामहरु समयमा नै सकाउँन सकिनेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा रमाउँन चाहनेहरुलाई समयले साथ दिनेछ भने जीवन साथिसँग थप आत्मियता बढ्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । व्यापार व्यावसायमा प्रसस्त नाँफा कमाउन सकिनेछ भने लगानी गर्ने बाताबरण बनाउँन सकिनेछ । तपार्ईँको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन्  । मायाप्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ । सामाजिक काम गरि समाजमा सम्मानित हुनेयोग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आत्मिय मित्र तथा सहयोगिको सहयोग नपाउदा थालेका कामहरु बिचमा छोड्नु पर्ने हुनसक्छ । व्यापार व्यावसायमा समय दिन सकिनेछैन भने सोचेजस्तो आम्दानी नहुदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ । समय प्रतिकूल बन्नेछ भने यहिबेलामा आय आम्दानीका बाटाहरु साँघुरा हुनेछन् । लामो दुरिको विदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ भने विदेशमा बसेर काम गर्नेहरुले मनग्गे धन आर्जन गर्न सक्नेछन्  । प्रेम प्रशङगमा चिसोपनले जरा गाड्नेछ ख्याल गर्नुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) लाभभावमा रहने चन्द्रमाले खनिज पदार्थ तथा पानिसँग सम्बन्धित कामहरुबाट मनग्गे लाभ लिन सकिनेछ । पढाइ लेखाइमा राम्रो तथा सम्मानजनक स्थान प्राप्त हुनेहुँदा मन खुसी रहनेछ । माया प्रेममा एकअर्कालाई बिश्वास गर्दै अगाडि बढ्ने समय रहेकोछ । बिभिन्न किसिमका मानव निर्मित सामानहरु प्राप्त हुनेछन्भने आफूसँग भएको शिप प्रयोग गरि आम्दानी बढाउँन सकिनेछ । साझपख लामो दुरिको यात्रा हुने योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नयाँनयाँ काम गरि समाजको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । रोजगारिका अवसर सिर्जना गरि मनग्गे धन सम्पति कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट लाभ पाउँनेछन् । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ सफलताको सिडिहरु चढ्न सकिनेछ । व्यापार व्यावसायमा लगानी बढाई मनग्गे धन कमाउन सकिने समय रहेकोछ । प्रेमका कोपिलाहरु पक्रियर जानेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) महत्वपुर्ण जिम्मेवारी सम्पादन गर्नको लागि अवसर जुर्नेछ । राज्य तथा राजनीतिमा सम्मानजनक उपश्थिति रहने हुनाले जनताको काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्यात्म तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिर गई टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । यात्रासँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सानातिना घरेलु समस्याहरुले साताउनेछ भने सानो काम सम्पादन गर्न पनि दिनभर समय लाग्नेछ । समयले साथ नदिदा हुनै लागेको कामहरु बिग्रने तथा अरुकै पोल्टोमा जानेछन् । माया प्रेममा मनमुटाब सिर्जना हुनेछ भने जीवन साथिको असहयोगले महत्वपुर्ण उपलब्धि गुम्न सक्छ । व्यापारमा तत्काल लगानी गर्ने समय नरहेकोले केहि समय पर्खनु उचित हुनेछ भने बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानी भने फस्टाएर जानेछ । अध्ययनमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) जीवनसाथिको सहयोगले नाफा मुलक व्यावसाय सुरु गर्न सकिनेछ भने लामो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । मानव निर्मित भौतिक सम्पति थता विलासी सामान प्राप्त हुनेयोग रहेकोछ । पढाइ लेखाइमा अरुलाई किनारा लगाउँदै आफन्त तथा गुरुहरुको नाक राख्न सकिनेछ । माया प्रेममा रामाउँन चाहनेहरुले सँगै बसेर भलाकुसारि गर्न पाउँने समय रहेकोछ । साझपख यात्रा गर्दा ध्यान दिनहोला ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप