बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कुकुर तिहार : प्रहरी तालिम केन्द्रमा कुकुरहरुको कौशल प्रदर्शनदेखि पूजासम्म

आइतबार, १० कात्तिक २०७६, ११ : ४५
आइतबार, १० कात्तिक २०७६

काठमाडौँ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आइतबार कुकर तिहार तथा लक्ष्मीपूजा ।  यसवर्ष तिथिको घटबडका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको हो ।

हिन्दु परम्परा अनुसार कात्र्तिक कृष्ण चर्तुदशीका दिन भैरवको बहानरुपमा कुकुरको पुजा गर्ने गरिन्छ । मानिसको निकट साथीको रुपमा मानिने कुकुर आज्ञाकारी र रक्षक भएकाले यसको पूजा गर्ने प्रचलन रहिआएको हो ।

यसै अवसरमा नेपाल प्रहरीले महाराजगन्जस्थित केन्द्रीय प्रहरी कुकुर तालिम स्कुलमा विशेष कार्यक्रम आयोजना गरी कुकुर पूजा गरेको छ । नेपाल प्रहरीले अपराध नियन्त्रण तथा अनुसन्धानका लागि प्रयोग गरेका तालिम प्राप्त कुकुरहरुको पूजा गरेको हो ।

केन्द्रिय प्रहरी तालिम स्कुलबाट तालिम प्राप्त कुकुरहरुलाई अपराध अनुसन्धानको कार्यमा परिचालन गर्ने गरिन्छ । नेपाल प्रहरीले अपराध अनुसन्धानका लागि कुकुरहरुलाई तालिम दिने गर्दछ ।

हेरौँ तस्विर :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप