शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बार्सिलोनामाथि हाबी हुँदै रियललाई सुपरकपको उपाधि

बिहीबार, ०१ भदौ २०७४, ०९ : १८
बिहीबार, ०१ भदौ २०७४

म्याड्रिड । स्पेनिस सुपर कपको दोस्रो लेगमा बार्सिलोनालाई २–० को जीत निकाल्दै रियल म्याड्रिडले स्पेनिस सुपर कपको उपाधिमाथि कब्जा जमाएको छ । रियलले बार्सिलोनामाथि ५–१ को समग्र जित निकालेको हो ।

प्रतिबन्धित स्टार क्रिस्टियानो रोनाल्डो बिना नै मैदानमा उत्रेको रियल आफ्नो चिरप्रतिद्वन्द्वीमाथि खेल अवधिभर हाबी बनेको थियो ।

यसअघि पहिलो लेगमा ३–१ को जित निकाल्दा गोल गरेका मार्को असेन्सियोले दोस्रो लेगमा पनि २५ यार्ड टाढाबाट गोल गर्दै रियललाई खेलको चौँथो मिनेटमा नै अग्रता दिलाए ।

त्यसपछि करिम बेन्जेमाले मार्सेलोको क्रसमा गोल गर्दै रियलको अग्रता फराकिलो बनाए ।

खेलको दोस्रो हाफमा बार्साले केही सुधारिएको प्रदर्शन गरेको थियो । तर, लियोनेल मेस्सी र लुइस सुवरोजको प्रहार पोस्टमा लाग्न पुगेको थियो ।

जिनेदिन जिदानले रियलको नेतृत्व सम्हालेको दुई वर्षमा नै क्लबले दुई वटा च्याम्पियन्स लिगको उपाधि, एउटा ला लिगा तथा सुपर कपको उपाधि जित्न सफल भएको छ ।

उता, नेयमारलाई गुमाएको बार्सिलोना पछिल्लो समय कमजोर देखिएको छ । बार्सिलोनाले लिभरपुलका फिलिपे काउन्टिन्हो र बोरुसिया डर्टमण्डका ओसमान डेम्बेलेलाई अनुबन्धन गर्ने प्रयास गरे पनि विफल भएको छ । बिहिबार भने बार्सिलोनाले ३.६ करोड पाउण्डमा ब्राजिलियन मिडफिल्डर पाउलिन्होलाई अनुबन्ध गर्नेछ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप