शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘सुरुङमार्ग शिलान्यास गरेको ताम्रपत्र चोरी भएको छैन’

शनिबार, ०९ कात्तिक २०७६, ११ : ४३
शनिबार, ०९ कात्तिक २०७६

काठमाडौँ । नागढुङ्गा–सिस्नेखोला (दहचोक–सिस्नेखोला) सुरुङमार्गको शिलान्यास गरेको ताम्रपत्र चोरी नभएर सुरक्षित तबरले राखिएको पाइएको छ ।

स्थानीयहरुले शिलान्यास गरेको भोलीपल्टै ताम्रपत्र राखिएको ठाउँमा नभएपछि चोरी भएको हल्ला फैलाएर मदभेत सुरु भएको हो । 

कात्तिक ४ गते सोमवार चन्द्रागिरी नगरपालिकास्थित दहचोकमा आयोजित एक विशेष समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्गको शिलान्यास गरेका थिए ।

सुरुङमार्ग आयोजना प्रमुख श्याम खरेलले आयोजनालाई दु्रत गतिमा अगाडी बढाउनुपर्ने भएको कारण ताम्रपत्रलाई निमार्ण सम्पन्न पछि राख्नुपर्ने भएको कारण सुरक्षित साथ राखिएको बताए ।

उनले भने, ‘अहिलेलाई झिकिएको मात्र हो चोरी भएको होइन हामी पछि स्थान्तरण गर्नेछौं ।’

२.६८८ किलोमिटर लामो सुरुङमार्ग आगामी ४२ महिनाभित्र निर्माण सम्पन्न भइसक्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप