बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतले स्वतन्त्रता दिवस मनाइरहँदा भारतीय र चिनीयाँ सेनाबीच कश्मीरमा ढुंगा हानाहान

बिहीबार, ०१ भदौ २०७४, ०६ : ५९
बिहीबार, ०१ भदौ २०७४

कश्मीर - भारतीय रनिीयाँ सैनिकबीच कश्मीरको विवादास्पद सीमा क्षेत्रमा झडप भएको छ ।

पेङगोत तालनजिकैको भारतीय सीमा क्षेत्रमा चिनीयाँ सैनिक प्रवेश गर्ने प्रयास गरेपछि झडप भएको हो ।

त्यसक्रममा ढुंगा हानाहान भएको र दुवैतर्फका केही सैनिक घाइते भएका छन् ।

चीन, भुटान र भारतको सीमा दोक्लामका विषयमा भारत र चीनबीच तनाव जारी रहेको बेला कश्मीरको सीमावर्ती क्षेत्रमा झडप भएको हो ।

चिनीयाँ सैनिकको प्रवेश प्रयासलाई रोक्न भारतीय सैनिकले मानव साङलो निर्माण गरेका थिए ।

भारतीय सैनिकले चिनीयाँ सैनिकलाई पछि हट्न भनेपछि दुबै पक्षबीच केहीबेर भनाभन भएको थियो ।

त्यसपछि ढुंगा हानाहान भएको र एक घण्टापछि चिनीयाँ सैनिक पछि हटेको भारतीय सञ्चारमाध्यमहरुले जनाएकाछ छन् ।

घाइते सैनिकको स्थितिको विवरण सार्वजनिक भएको छैन ।

भारतमा स्वतन्त्रता दिवस मनाइरहँदा मंगलबार बिहान उक्त घटना भएको हो ।

यस घटनामा बेईजिङले भने, आफ्ना सैनिक चिनीयाँ क्षेत्रभित्रै रहेको स्पष्ट पारेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप