डोटी लगायत सुदूरपश्चिममा 'ओल्के'को रमझम : यस्ता छन् ओल्केका विशेषता

कृष्ण चन्द
डोटी - सुदूरपश्चिमका गाउँघरहरुमा मौलिक पर्व ओल्केको रौनक बुधबार देखि सुरु भएको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा यहाँका स्थानीयले पिङ खेलेर ओल्के पर्व धुमधामका साथ मनाउने गर्दछन् ।
महत्व र विशेषता
-भाद्र संक्रान्तिका दिन अर्थात बुधबारदेखि नै सुदुरपश्चिममा मनाइने ओल्के पर्वमा आफूभन्दा ठुला, मान्यजन तथा जेष्ठ नागरिकलाई सम्मान गर्ने चलन छ ।
-आज सम्म वर्षायाम लागेकाले आजका दिन मान्यजनबाट टिका ग्रहण गर्दा वर्षायाममा लागेको धुलोमैलो जाने धार्मिक बिश्वास छ ।
-वर्षायाम सुरु हुनासाथ विभिन्न प्रकारका प्रकोप, सरुवा रोग जस्ता महामारीले जुनसुकै बेला मान्छेको मृत्यु हुनसक्छ भन्ने विश्वासका साथ बिंशु पर्व मनाइन्छ भने -यस्तो महामारी बाट बांचीयो भनेर खुशीयाली साट्न भाद्र संक्रान्तिका दिन ओल्के पर्व मनाइने विश्वास छ ।
-आफुभन्दा ठुलाबडा, मान्यजन र जेष्ठ नागरीकलाई सम्मान स्वरुप ओल्को दिएर, मिठो मसिनो खाएर र अन्य फरक फरक मौलिक तवरबाट मनोरंजन गरी ओल्के मनाईन्छ ।
-ओल्को भन्नाले ओलक अर्थात सौगात, उपहार वा कोसेली भन्ने बुझिन्छ । स्थानीय भाषामा पींडालुको भित्रीमा गुबोे दिएर, मिठो मसिनो खाएर र अन्य फरक फरक -मौलिक तवरबाट मनोरंजन गरी ओल्के मनाईन्छ ।
-ओल्कोमा मान्यजनलाई हरियो साग र फलफुल दिईने गरिन्छ । नयाँ पुस्ताले अचेल आफ्ना मान्यजनहरुलाई लुगाकपडा, पैसा वा यस्तै अन्य उपहार समेत ओल्को स्वरुप दिन थालेका छन् ।
-आफुभन्दा ठुलाबडा, मान्यजन र जेष्ठ नागरीकलाई सम्मान स्वरुप बिषेश गरी आजका दीन चेलीबेटी माइती घरमा बोलाएर आफुसंग भयको मिठो मसीनो पकाएर खुवाउने चलन पनि छ ।
-वर्षायाममाभरी कामको ब्यस्तताले चेलीबेटी माईत नआउने र आजका दिन आउने भएकाले आमा छोरीको पहिलो भेटका रुपमा पनि लिने चलन छ ।
डोटीमा पिङ र ठूलो रोटी
तर, डोटीमा भने यसको आफ्नै महत्व छ । आजका दीन डोटीका थुप्रै ठाउमा स्थानिय भाषामा गाजो काटेर सबै जम्मा भएर गाजोको पींङ बनाएर खेल्ले चलन छ ।
यसरी गाजोको पिङ बनाएर खेल्दा गाजोको पिङ धेरै दिन राख्दा पिङ टुटेर कतिपयले अकालमै ज्यान गुमाउन परेको छ भने कतिपयले आज राती र भोली देउडा खेलेर पैदलमा पैदल मिलाएर ओल्के पर्ब मनाउनका साथै डोटीका ग्रामिण क्षेत्रमा ठूलो रोटी पकाउने गर्दछन ।
स्थानीय भाषामा ठूलो रोटी भन्नाले चामलको पीठो, घिउ, दही एकै ठाउँमा मिसाएर पकाउने र सबै सँगै बसेर खाने चलन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा स्पोर्टस् अवार्ड : अरूणा र विश्वास वर्ष उत्कृष्ट खेलाडी घोषित
-
‘सरकारले मानव अधिकार उलङ्घन गरिरहेको छ’
-
सर्च कमिटीले ३० जनाको लियो अन्तर्वार्ता, बैठक बसेर थप निर्णय गरिने
-
प्रवासी नेपालीहरूलाई सावधानी अपनाउन नेपाली समाज भारतको आग्रह
-
बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
-
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड