शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल

बिहीबार, ०१ भदौ २०७४, ०६ : २५
बिहीबार, ०१ भदौ २०७४

बि.स.२०७४ भाद्र ०१ गते । बिहिबार । ईश्वी सन् २०१७ अगष्ट १७ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । भाद्र कृष्ण पक्ष । तिथि दशमी,१२ घडी ५८ पला, बिहान १० बजेर ४७ मिनेट उप्रान्त एकादशी । नक्षत्र मृगशिरा ४१ घडी ४१ पला,बेलुका १० बजेर १६ मिनेट उप्रान्त आद्रा । योग हर्षण ४० घडि ३८ पला,बेलुका ९ बजेर ५१ मिनेट उप्रान्त बज्र । करण भद्रा, बिहान १० बजेर ४४ मिनेट उप्रान्त वव,बेलुका ०९ बजेर मिनेट उप्रान्त वालव । आनन्दादिमा मृत्यु योग । चन्द्ररासि बृष, बिहान ११ बजेर ०६ मिनेट उप्रान्त मिथुन । भाद्र संक्रान्ति । वल्के पर्व ।

काठमाडौंमा सूर्योदय ०५ बजेर ३६ मिनेट, सूर्यास्त बेलुका ०६ बजेर ३८ मिनेट जादा । दिनमान ३२ घडी ३७ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनिति तथा समाजसेवामा जनताको दबाबमुलक समर्थन रहनेछ । बिद्यामा राम्रै प्रगति भएर जानेछ । बोलिको गलत अर्थ लगाई बिरोधिहरुले आफ्नो स्वार्थ पुरा गर्न खोज्नेछन् ध्यान दिनुहोला । पति पत्निबिच अबिश्वासको बाताबरण सिर्जना हुनको साथै गोपनियता भङग हुँन सक्छ । मध्यान्हबाट समय राम्रो रहेकोले दाजुभाईको सहयोगमा उपलब्धिमुलक काम शुरु गर्न सकिनेछ । छोटो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आटेका तथा सोचेका कामहरु समयमा नबन्दा महत्वपुर्ण अवसरहरु गुम्ने खतरा रहेकोछ । आफन्त तथा पारिवारिक सम्बन्धमा केहि खटपट हुँनेछ । व्यापार व्यावसायमा नाँफा कमाउँन अलि बडी संघर्ष गर्नु पर्नेछ । बिद्या तथा प्रतिश्पर्धामा बढिनै मेहनेत गर्नुपर्नेछ । राजनिति तथा समाजसेवामा बढिनै समय खर्चिनु पर्नेछ । मान सम्मान तथा ईज्जत प्रतिश्ठामा केहि कमिको अनुभव हुँनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यावसायमा नाँफा कमाउँन निकैनै समय खर्चनु पर्नेछ । सन्तुलित व्यावहार गर्न नसक्दा आफन्तहरु तपाईदेखि टाडिनेछन् । माया प्रेममा अबिश्वास तथा पति पत्नि बिच मनमुटाब बड्नेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । सोचेका तथा गरेका कामहरु समयमा सम्पन्न नहुँदा मानशिक तनाब बड्नेछ । समयको र परिस्थितिको राम्रो सँग ध्यान दिएर बोल्नुहोला समय मध्ययम रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बैदेशिक लगानि तथा बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायबाट राम्रै आम्दानि हुँनेछ । आर्थिक अभाबले गर्दा कामहरु समयमा सम्पन्न नहुने हुँदा मानशिक तनाब बढ्नेछ । बिद्यामा सफलता पाउन निकैनै मुश्किल पर्नेछ । मध्यान्हबाट समय राम्रो रहेकोले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । प्रेममा सामिप्यता बढेर जानेछ भने बिद्यार्थि वर्गहरुले पढाई लेखाईमा राम्रो प्रगति गर्न सक्नेछन् ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सवारी साधन तथा भौतिक सामानहरु प्राप्तिको योग रहेको छ । बिद्या तथा प्रतिश्पर्धामा तपाईकै जित हुँनेछ । माया प्रेम तथा पति पत्नि बिच बिश्वासको बाताबरण बढेर जानेछ । आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्नेछन् । मध्यान्पछिको समय मध्ययम रहेकोले स्वास्थ्यमा सामान्य खराबी आउँन सक्छ ध्यान दिनुहोला । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछाडि परिनेछ । बैदेशिक यात्राको प्रवल सम्भावना रहेकोछ । बैदेशिक क्षेत्र सँग सम्बन्धित व्यापार व्यावसाय भने फस्टायर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राजनिति तथा समाजसेवामा गरिएको  लगानि बाट लाभ लिनको लागि बढिनै संघर्ष गर्नु पर्नेछ । समयमा काम नहुँने तथा काम बिग्रने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिएर काम गर्नुहोला । मध्यान्हबाट समय राम्रो भएकोले पढाई लेखाईमा सुधार भएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । दाजुहरुको सहयोगले महत्वपुर्ण काम गर्न सकिनेछ भने माया प्रेमको डोरो कसिलो भएर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसायमा आम्दानि कम हुँनेछ ।  मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ काम गर्दा ख्याल गर्नुहोला । बुवा तथा बुवा सरहका मानिससँग बिवाद बड्ने योग रहेकोछ । काम गर्दा ख्याल गर्नुहोला राज्जलाई जरिवाना तिर्नुपर्ने तथा गलत आक्षेप लाग्न सक्छ । आफन्त तथा नजिकका मानिसबाट कामका धोका हुँनसक्छ । धार्मिक तथा शैक्षिक यात्रा गर्दा बिचार गर्नुहोला कष्टकर पनि हुँन सक्छ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) लामो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ भने पर्यटन सम्बन्धि व्यावसाय फस्टायर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नि बिच को सम्बन्धको गाठो कसिलो भएर जानेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले धन माल हराउँन तथा लुटिन सक्छ सजक रहनु होला । कामका सवालमा उठ्ने गोप्यकुराहरु बहिर आउँन सक्ने हुनाले सजक रहनु पर्नेछ । अध्ययनमा मन नजाने हुँनाले अरुभन्दा पछि परिनेछ ।   

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) वादबिवाद तथा प्रतिश्पर्धामा आफ्नो उपश्थिति नजनाउँनु नै उत्तम रहेकोछ  न्यायिक निर्णयहरु तपाईको पक्षमा हुँने छैनन् ।  धन तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । मध्यान्हबाट पढाई लेखाईमा सुधार गर्दै राम्रो नतिजा ल्याउँन सकिनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) परिवार तथा सन्तानबाट  तपाईले गरेको काममा असहयोग हुँनाले काम थाति रहनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ भने बिभन्न अवसर आएपनि समय अभावले ति अवसरहरुलाई सदुपयोग गर्न सकिनेछैन । पेट सम्बन्धि समस्याले सताउनेछ हुँदा मानशिक तनाब बढ्नेछ । मध्यान्हपछिको समय राम्रो रहेकोले सत्रु परास्त हुँनेछन् भने अदालति निर्णयहरु तपाईकै पक्षमा आउँनेछन् भने अध्ययनमा सुधार भएर जानेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) घर जग्गा तथा सवारि साधनको व्यापार व्यावसायबाट सन्तोष जनक नाँफा कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहने छ । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछाडि परेको भान हुँनेछ  । छाति सम्बन्धि समस्याले नसताउँला भन्न सकिन्न । खोज तथा अनुशन्धानको क्षेत्रमा आफ्नै कारणले पछि परिने सम्भावना रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्वास्थ्य सम्बन्धि सामान्य समस्याले नसताउँला भन्न सकिन्न । बाद बिवाद तथा प्रतिश्पर्धामा आजको दिन सरिक नहुँदा नै राम्रो हुँनेछ भने मुद्दा मामिला तथा न्यायलयमा सहभागि भई बयान दिदा हारिने सम्भाबना रहेको छ । बिद्यामा उत्साजनक प्रगति नहुँदा मन चिन्तित रहला । राजनिति तथा समाजसेवामा भनेजस्तो नतिजा हात पार्न नसकिने हुँनाले आलोचना सहनुपर्ला । घर परिवारलाई छोडेर लामो दुरिको यात्रा गर्नुपदा मन खिन्न हुँनेछ ।

तपाईको दिन शुभ रहोस् । 
ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप