शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रेलरमा यस्तो देखियो भुवनको ‘मिस्टर नेपाली’

बिहीबार, ०७ कात्तिक २०७६, १६ : ३३
बिहीबार, ०७ कात्तिक २०७६

काठमाडौं – २९ कात्तिकबाट प्रदर्शनमा आउने फिल्म ‘मिस्टर नेपाली’को ट्रेलर सार्वजनिक गरिएको छ । 

अभिनेता भूवन केसीको दोहोरो भूमिका रहेको फिल्मको ट्रेलरमा केसी भिलेनको रुपमा देखिएका छन् ।

देव भुषालको कथा, पटकथा तथा संवादमा रहेको फिल्ममा निरज कँडेलको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ भने निर्माण प्रेमराज दाहालले गरेका हुन् । 

भुवनको अलवा फिल्ममा बिष्णु सापकोटा, रवि डंगोल, कमलमणी नेपाल, नन्दु श्रीवास्तव, रीमा विश्वकर्मा लगायतका कलाकारको अभिनय छ । 

यो फिल्मबाट साहिल श्रेष्ठ र कुसुम राउत नव कलाकारको रुपमा देखा पर्दैछन् । 

विदेशमा बस्ने नेपालीको देशप्रतिको माया, गाउँमा राजनीतिलाई टेकेर हुने शोषण आदि विषय बनाइएको फिल्म देव भुषालले निर्देशन गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप