डेङ्गुका कारण चितवनमा थप १ जनाको मृत्यु
बिहीबार, ०७ कात्तिक २०७६, १४ : २६
चितवन– स्वास्थ्य कार्यालय चितवनले डेङ्गुका कारण थप एकको मृत्यु भएको जनाएको छ । कार्यालयले दिएको जानकारीअनुसार चितवन मेडिकल कलेजमा उपचाररत ३१ वर्षीया एक महिलाको मृत्यु भएको हो । कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार लमजुङ दूधपोखरी–२ विचौर स्थायी घर भई नवलपुरको गैँडाकोट निवासी सरस्वती न्यौपानेको कात्तिक ४ गते बिहान उपचारको क्रममा मृत्यु भएको हो ।
यसअघि एक जनाको डेङ्गु र एक जनाको डेङ्गु एवं स्क्रवटाईफसबाट मृत्यु भएको थियो । हालसम्म जिल्लामा ज्वरो आएका १३ हजार ८७७ जनाको डेङ्गु परीक्षण गर्दा चार हजार २८० जनामा संक्रमण देखिएको छ । भदौको तेस्रो र अन्तिम साता महामारीको रुपमा देखा परेको डेङ्गु क्रमशः घट्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी
-
बाटो छेकेर महिलामाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
-
विवाह गर्दै अभिनेत्री मञ्जिता
-
कोरला क्षेत्रमा नेपाल र चिनियाँ प्रहरीको संयुक्त गस्ती (तस्बिरहरु)