शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शो थोरै पाएपछि सर्‍यो ‘घामड शेरे’

बिहीबार, ०७ कात्तिक २०७६, १२ : १३
बिहीबार, ०७ कात्तिक २०७६

काठमाडौं –रियल कपल निश्चल बस्नेत र स्वस्तिमा खड्काको अभिनय रहेको फिल्म ‘घामड शेरे’को प्रदर्शन मिति सारिएको छ । शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्म अन्तिम समयमा आएर सारिएको हो । 

फिल्मको रिलिज मिति सारिएको बितरक कम्पनी स्टेशन फाइवले जानकारी दिएको छ । मल्टिप्लेक्समा अपेक्षा गरेको भन्दा पनि कम सोज पाएको कारण फिल्मको रिलिज सारिएको बितरक प्रचन्डमान श्रेष्ठले बताए । ‘घामड शेरे’ अब कात्तिक २२ गतेबाट प्रदर्शनमा आउने उनले बताए ।

कात्तिक २२ पनि यो फिल्मले सिंगल रिलिजको अवसर भने पाउने छैन । यो मितिमा यस अगाडि नै तीन फिल्म प्रदर्शनका लागि तयार भएर बनेसका छन् । 

हेमराज विसी निर्देशित फिल्ममा निश्चल र स्वस्तिमा साली भेनाको भूमिकामा छन् । 

‘घामड शेरे’ सरेपछि यसको फाइदा शिशिर राणा निर्देशित फिल्म ‘पोइ र्पयो काले’ भने फाइदा भएको छ । ‘पोइ पर्यो काले’ले अहिले देशभर एकल रिलिजको अवसर पाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप