बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लिभरपुलले वेल्जियन टोली जिन्कलाई घरेलु मैदानमा ४–१ गोलले हरायो

बिहीबार, ०७ कात्तिक २०७६, ०८ : ५१
बिहीबार, ०७ कात्तिक २०७६

साविक विजेता लिभरपुलले च्याम्पियन्स लिग फुटबलको छनोट खेलमा सानदार जित निकालेको छ । समूह ‘ई’ अन्तर्गत बुधबार राति भएको खेलमा लिभरपुलले वेल्जियन टोली जिन्कलाई उसैको मैदानमा ४–१ गोलले हरायो ।

लिभरपुलको जितमा एलेक्स ओक्सलेड चेम्त्ररलेनले दुई गोल गरे । साडियो माने र मोहमद सलाहले एक एक गोल गरे । घरेलु टोली जिन्कका स्टेफन ओडेले सान्त्वना गोल फर्काए । चेम्बरलेनले खेलको दोस्रो र ५७औं मिनेटमा गोल गरेका थिए । मानेले ७७औं मिनेटमा मोहमद सलाहको पासमा अर्को गोल थपे । ८७औं मिनेटमा सलाहले गोलगर्दे लिभरपुललाई सहज जितको नजिक पुर्याए । 

८८औं मिनेटमा जिन्कका स्टेफनले सान्त्वना गोल फर्काएका थिए । जितसँगै लिभरपुलले तीन खेलबाट ६ अंक बनाएको छ । लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ । एक अंक बनाएको जिन्क समूहको अन्तिममा छ ।

शीर्ष स्थानमा रहेको इटालियन क्लब नापोलीको सात अंक छ । बुधबार रातिनै भएको खेलमा इन्टरले अष्ट्रियन क्लब साल्जबर्गलाई उसैको मैदानमा ३–२ गोलले पराजित गरेको थियो । नापोलीको जितमा ड्राईस मेर्टिन्सले १७औं र ६४औं मिनेटमा दुई गोल गरे । 

लोरेन्जो इनसिग्नेले ७३औं मिनेटमा एक गोल गरे । यसअघि साल्जबर्गका अर्लिङ ब्राउट हल्यान्डले आठौं र ४०औं मिनेटमा दुई गोल गरेपनि टोलीको हार टार्न सकेनन् । समूहमा तीन अंक बनाएको साल्जबर्ग तेस्रो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप