शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली श्रमिकलाई हटाएर भारतीयलाई रोजगारी

बिहीबार, ०७ कात्तिक २०७६, ०७ : २१
बिहीबार, ०७ कात्तिक २०७६

श्रम अदालतले रोजगारतादातालाई नेपाली श्रमिकको रोजगार कटौती गरेर विदेशी नागरिकलाई रोजगारी दिन पाउने बाटो खुला गरिदिएको छ ।

न्यायाधीश रामेश्वर रेग्मीको इजलासले हुलास मेटल क्राफ्टविरुद्ध परेको रिट निवेदनमाथि मंगलबार आदेश दिँदै यस्तो व्यवस्था गरेको हो । 

हुलासबाट कटौतीमा परेका नेपाली कामदारले नेपाली भएकैले आफूलाई नहटाउन माग गर्दै अन्तरकालिन आदेशको माग गरेका थिए । 

त्यसउपर मंगलबार पक्ष–विपक्षको बहसपछि रेग्मीले तत्काल अन्तरिम आदेश दिनु नपर्ने फैसला गरेका हुन् । 

हुलासमा २५ जना भारतीय कामदार राखी आफूलाई नेपाली भएकै कारण हटाइएको उनीहरुले दावी गरेका थिए । यो समचार कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन् ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप