शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल सरकारले तिब्बतीमाथि निगरानी बढाएको अमेरिकी अधिकारीको भनाई

बिहीबार, ०७ कात्तिक २०७६, ०६ : ५२
बिहीबार, ०७ कात्तिक २०७६

नेपालमा चीनको प्रभाव बढ्दै गएको र त्यससँगै शरणार्थीका गतिविधिमाथि पनि सरकारले निगरानी बढाएको एक अमेरिकी अधिकारीले बताएका छन् । 

दक्षिण तथा मध्ये एसिया ब्युरोकी कार्यवाहक सहायक विदेशमन्त्री एलिस डब्लु वेल्सले मंगलबार अमेरिकी संसद्को एसिया तथा प्रशान्त क्षेत्र हेर्ने परराष्ट्र मामिला उपसमितिमा उक्त कुरा बताएका हुन् ।

‘नेपालमा चिनियाँ प्रभाव बढेसँगै तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाको जन्मदिन मनाउने कार्यक्रम गर्न नदिनेलगायत तिब्बती समुदायका गतिविधिमाथि सरकारी पक्षबाट निगरानी बढाइएको छ,’ उपसमितिमा उनले भनिन् । यो यो समाचार आजको नागरिक दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप