शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

श्रीलङ्कामा राष्ट्रपतीय निर्वाचनका लागि उच्च सुरक्षा सतर्कता

बुधबार, ०६ कात्तिक २०७६, २३ : २६
बुधबार, ०६ कात्तिक २०७६

श्रीलङ्का - श्रीलङ्कामा राष्ट्रपतीय निर्वाचनका लागि उच्च सुरक्षा सतर्कता कोलम्बो– श्रीलङ्कामा आसन्न राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा सुरक्षा सतर्कता बढाइएको छ । 

देशभरको सुरक्षा सतर्कताका बारेमा राष्ट्रपति मैत्रीपाला सिरिसेनाले बुधबार सरोकारवालाहरुसँग छलफल गरेका छन् । श्रीलङ्कामा आउँदो नोभेम्बर १६ तारिखका दिन राष्ट्रपति चयनका लागि मतदान हुँदैछ । 

राष्ट्रपति सिरिसेनाले अघिल्लो हप्ता पनि उच्च सुरक्षा अधिकारीहरुसँग छलफल गरी राष्ट्रपतिका उम्मेदवारहरुको सुरक्षा व्यवस्थामा विशेष ध्यान दिन निर्देशन दिएका थिए । 

निर्वाचन आयोगले दिएको जानकारी अनुसार राष्ट्रपतिका लागि ३५ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । निर्वाचनमा झण्डै एक करोड साठी लाख मतदाता सहभागी हुने अपेक्षा गरिएको छ ।

उम्मेदवारहरुमध्ये सत्तारुढ दल युनाइटेड नेसनल फ्रन्टका सजिथ प्रेमदासा र प्रमुख प्रतिपक्षी दलका गोताबाया राजापाक्षेबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । राजापाक्षे पूर्व रक्षा सचिव तथा पूर्व राष्ट्रपति महेन्दा राजापाक्षेका भाइ हुन् । 

निर्वाचन आयोगका अध्यक्ष महिन्दा देशप्रियाले नोभेम्बर १६ मा मतदान भई नोभेम्बर १८ मा मतपरिणाम घोषणा हुने जानकारी दिएका छन् । -सिन्ह्वा/Photo: AP

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप