नेपालको खराव सुरुवात
बुधबार, ०६ कात्तिक २०७६, २० : ३०
काठमाडौं – एएफसी फुटसल च्याम्पियनसिप छनोट खेलमा नेपालले खराव सुरुवात गरेको छ । इरानमा बुधबार भएको समूह चरणको पहिलो खेलमा नेपाल ताजिकिस्तानसँग ६–० गोलले पराजित भयो ।
नेपालले पहिलो र दोस्रो हाफमा तीन तीन गोल खाएको थियो । नेपालले समूह चरणको दोस्रो खेल बिहिबार उज्वेकिस्तानसँग र अन्तिम खेल सुक्रबार अफगानिस्तानसँग खेल्नेछ । समूहको शीर्ष टोली फाइनल चरणमा छनोट हुनेछ । फाइनल चरणको खेल आगामी फेब्रुअरीमा तुर्कमिनिस्तानमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ