शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सजिलो छैन शव जलाउन आर्यघाटमा : २५ हजारसम्म खर्च

बुधबार, ०६ कात्तिक २०७६, १८ : ४२
बुधबार, ०६ कात्तिक २०७६

काठमाडौं – बुधबार बिहान एउटा फोटो समाजिक सञ्जलमा देखियो । फोटो थियो पशुपतिनाथको मन्दिर परिसर आर्यघाट छेउमा झुन्डाइएको कालो ब्यानरको । जसमा लेखिएको सुचना थियो, ‘कामदारहरुको माग पूरा नभएको हुँदा २०७६ कार्तिक ६ गते बिहान ६ बजेदेखि माग पूरा नभएसम्म अनिश्चित कालसम्म सवदाह गर्ने, दाउरा बोक्ने, खाडल खन्ने कामहरु सबै बन्द रहनेछ । हाम्रो माग पूरा नहुन्जेलसम्मको लागि सर्वसधारहरुमा पर्न गएको असुविधा प्रति क्षमा प्राथी छौँ । घाट सेवा केन्द्रका सम्पूर्ण कामदारहरु’ । 

९ वर्षदेखि शव जलाउने काममा लागि ज्याला नबढाएको भन्दै उनीहरुले संवदनशील क्षेत्रमा हडतालको घोषणा गरेका थिए । शव व्यवस्थापन गर्ने स्थानमा हडताल घोषणा गरेपछि सबैको ध्यान केन्द्रित भयो । केही स्थानीय र पशुपति क्षेत्रविकास कोषको आग्रहमा उनीहरुले सो घोषणा फिर्ता लिए । पशुपति क्षेत्रविकास कोषका पदाधिकारी र घाटमा शव जलाउने काम गर्नेका प्रतिनिधिबीच भएको छलफलमा उनीहरुको मागलाई सम्बोधन गर्नेगरी शव जलाउने विभिन्न कामको ज्याला बढाउने सहमति भयो । 

सहमति अनुसार यसअघि एउटा शव जलाए वापत मृतकका आफन्तबाट १२ सय ज्याला लिने गरिएकोमा त्यसलाई बढाएर १५ सय पु¥याइएको छ । १० वर्षसम्मको बच्चाको शब जलाएको ७ सय रुपैयाँबाट ९ सय रुपैयाँ पु¥याइएको छ । यस्तै १० बर्षमाथिका गिरी, पुरी, भारती लगायत दशनामीहरुको मृत्युमा शब पुर्न खाडल खनेको १२ सय बाट १५ सय पु¥याइएको छ । दाउरा बोकेको ज्याला र चिता निर्मााणको ४ सय रुपैयाँबाट ६ सय रुपैयाँ पु¥याएको छ । यस्तै चपरी खनेको ३ सय बाट ४ सय पु¥याएको छ । 

यस्तै काठमाडौ महानगरपालिका वडा नम्बर ७, ८ र ९ भित्रबाट शव बोकेको १५ सय रुपैयाँ, ५ किमीभन्दा बाहिरबाट शव बोकेकोमा थप रु २ सय र शव बाहनमा थप सहयोग १५ सय रुपैयाँ तोकिएको छ । 

यस्तै शव दाहमा खटिने कामदारको १० प्रतिशत सेवा शूल्क थप गर्ने निर्णय भएको छ । औषधी उपचार खर्च ५ हजारबाट बढाएर १५ हजार पु¥याइएको छ । अस्पताल खर्च २० हजारबाट बढाएर ३० हजार कायम गरिएको छ । १ लाख ५० हजारदेखि ५ लाख सम्म दिने सहमति भएको छ । सहमति भएपनि यो रकम अपुग भएको शब दाह कार्यमा संलग्न नवराज प्याकुरेलले बताए । 

पशुपतिमा शव जलाउनका लागि ५० जना हाराहारी कामदारहरु रहेका छन् ।

घाटको भाडा मात्रै १ हजारदेखि ६ हजारसम्म 

पशुपति क्षेत्र विकास कोषले शव जलाउने कामलाई व्यवस्थित बनाउनका लागि घाट सेवा कार्यालय सञ्चालन गरेको छ । मृतकका परिवारले तोकिएको शूल्क तिरेपछि मात्र शब जलाउन पाउछन् । पशुपतिमा वागमतीको किनारमा रहेको घाटमा दाउराबाट र बिद्युतीय मेसिनबाट शवदाह गर्ने व्यवस्था छ । 
घाटसेवा कार्यालयका कर्मचारी गोकर्ण प्रसाद पौडेलका अनुसार विद्युतीय मेसिनबाट जलाउँदा ४ हजार शूल्क लाग्छ भने अन्तिम संस्कारका लागि चाहिने सामग्रीको थप १५ सय गरी ५५ सय रुपैयाँ लाग्छ । 

यस्तै दाउराबाट शव जलाउदा २५ हजारसम्म लाग्ने पौडेलले बताए । पशुपति आर्यघाटमा पुगेपछि सबैभन्दा पहिला घाटसेवा कार्यालयमा गएर चिता बनाउने ठाँउ बुकिङ गर्नुपर्छ । पुलभन्दा माथि रहेको २ वटा घाटमा शब जलाउन एउटाको ६ हजार र अर्कोको ५ हजार रुपैयाँ रहेको छ । जहाँ विशिष्ट व्यक्तित्वहरुको शव जलाउने गरिन्छ । 

यस्तै पुलभन्दा तल भष्मेश्वर घाटमा १० वटा चिता छ । ति चिताको भाडा १ हजार रहेको छ । यस्तै शब जलाउनका लागि दर्ताका लागि २ सय रुपैयाँ दर्ताशूल्क तोकिएको छ । 

दाउरा किन्नका लागि दुईवटा ठाउँ रहेको छ । त्यहाँ प्रतिकिलो १० रुपैयाँका दरले दाउरा किन्नुपर्ने हुन्छ । एक शव जलाउन २ सय देखि ४ सय किलो दाउरा लाग्ने गर्छ ।  यसरी दाउरामा २ हजारदेखि ४ खर्च लाग्छ । यस्तै दाउरा सल्काउन १ हजारदेखि १० हजार सम्म खर्च लाग्ने उनले बताए । दाउरा नबले श्रीखण्डदेखि घिउ हाल्नुपर्ने भएकोले बढी खर्च लाग्ने उनले बताए ।
 
यस्तै शव जलाउनेलाई १५ सय, चिता बनाउनेलाई ६ सय रुपैयाँ ज्याला दिनुपर्छ । असोज ८ देखि कार्तिक ६ गते बिहानसम्म भष्मेश्वर घाट र आर्यघाटमा ८ सय २१ शब दहन गरिएको छ । यो संख्याको २० प्रतिशत भने खाल्टोमा पुरिएको उनले बताए । 
 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप