शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

न्हूदँ शुभकामना सभामा प्रधानमन्त्री ओली सरिक हुने

बुधबार, ०६ कात्तिक २०७६, १८ : २२
बुधबार, ०६ कात्तिक २०७६

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष नेपाल संवत् ११४० को उपलक्ष्यमा काठमाडौँको वसन्तपुरमा आयोजना गरिने शुभकामना सभामा सहभागी हुने वचन दिएका छन् ।  बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समिति ११४० का प्रतिनिधिमण्डलसँगको भेटघाटको क्रममा उनले उक्त वचन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले आफू नेपाल संवतको ¥याली तथा सभामा प्रधानमन्त्री नभएको बेलामा पनि उपस्थित हुने गरेको स्मरण गराउँदै यस पटक आयोजना हुने सभामा उपस्थित भई काठमाडौंका जनतालाई केही कुरा भन्ने इच्छा राखेको जानकारी पनि दिए । 

नेपालको संस्कृति र परम्पराको जगेर्नामा नेपाल सरकारको सदैव सहयोग रहने विश्वास पनि उनले उक्त प्रतिनिधिमण्डललाई दिलाए ।  न्हूदँ समारोह समिति ११४० का अध्यक्ष रमेश महर्जनको नेतृत्वमा गएको उक्त प्रतिनिधिमण्डलमा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको विशेष उपस्थिति रहेको थियो । 

अध्यक्ष महर्जनले प्रधानमन्त्री ओलीलाई कात्तिक १२ गते वसन्तपुरमा आयोजना हुने शुभकामना सभामा विशेष अतिथिको रुपमा उपस्थित भइदिनु हुन अनुरोध गर्दै नेपाल संवत् प्रवद्र्धनका लागि अघि बढाउनुपर्ने कार्ययोजनाबारेको एक  ध्यानाकर्षण पत्र बुझाएका छन् ।   

उक्त प्रतिनिधिमण्डलमा प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठ, ३ नं प्रदेशका सांसद वसन्त मानन्धर, पूर्व पर्यटन तथा संस्कृति राज्यमन्त्री दिलीप महर्जन, न्हूदँ समारोह सल्लाहकार समितिका संयोजक लक्ष्मीदास मानन्धर, न्हूदँ समारोह समितिका पूर्व अध्यक्ष डा चुन्दा बज्राचार्य, सुरेन्द्रवीर मालाकारलगायत समारोह समितिका सदस्यहरु रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप