बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रुपन्देहीमा म्याद सकिएका खाद्यवस्तु बरामद

बुधबार, ०६ कात्तिक २०७६, १७ : २८
बुधबार, ०६ कात्तिक २०७६

बुटवल– रुपन्देहीमा बजार अनुगमनले तिव्रता पाएको छ । जिल्लाका स्थानीय तहहरुले आ आफ्नो क्षेत्रमा बजार अनुगमनलाई प्रथमिकता दिएका हुन् ।

बुटवल उपमहानरपालिका र सिदार्थ नगरपालिकाले बजार अनुगमन गरी म्याद सकिएका समान बरामद गरी नष्ट गरेका छन् ।

सिद्धार्थ नगरपालिकाको अनुगमन समितिले वडानम्बर ५ र ६ मा रहेका खाद्य पसल तथा होटलहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा म्याद सकिएका खाद्यवस्तु भेटिएपछि बरामद गरिएको अनुगमन समिति संयोजक एवं सामाजिक विकास शाखा अधिकृत यादवप्रसाद सापकोटाले जानकारी दिए ।

‘हामीले ग्राहकको भीड लाग्ने खाद्यान्न र मिठाई पसलहरु लक्षित गरेर अनुगमन गरेका थियौं । त्यसक्रममा अधिकांश पसलहरुमा केही न केही त्रुटी पाइयो । केहीमा म्याद सकिएका वस्तु समेत भेटिए । ती वस्तु जफत  पनि गरेका छौं । सम्बन्धित व्यक्तिलाई सचेत समेत गराएका छौं’, सापकोटाले भने । 

अनुगमन समितिले खाद्यान्न पसल तथा होटलहरु गरेर १० वटामा अनुगमन गरेको थियो । त्यसमध्ये एउटामा बाहेक अरु सबैमा त्रुटी भेटिएको थियो । वडा नम्बर पाँचमा रहेको शुभलाम किराना स्टोर्समा सबैभन्दा बढी म्या सकिएका खाद्यवस्तु पाइएको थियो ।

शुभलाभमा घ्यू, गुल्कोज, चक्र तेल, विस्कुट, कल्फेक्स, बालबिटा, कन्प्लेक, फेन्टा, हर्बल, भोला लगायतका सामाग्री बरामद गरिएको छ । उक्त स्टोर्समा मात्रै २० हजार बढीको आखाद्यवस्तु बरामद गरिएको अनुगमन समितिले जनाएको छ । यस्तै, वडानम्बर ६ मा रहेको कृति किराना पसलबाट पनि हजारौं रुपैयाँ बराबरको खाद्यवस्तु बरामद गरेको छ । यो पसलबाट नमकिन, मस्र्यौरा, भुजी बरामद गरिएको हो । सोही वडामा रहेको विरेन जनरल स्टोरबाट फेसवास, बोडी लोसन लगायतका सामाग्री बरामद गरिएको हो ।

यस्तै, वडानम्बर पाँचमा रहेको अमन किराना पसल, आनन्द किराना स्टोर्सलाई मूल्य सूची राख्न सचेत गराइएको छ । यस्तै, अशोक जनरल स्टोर्सलाई खरिदविक्री विल लिनेदिने गर्न सचेत गराइएको छ । सुरज एण्ड कृष्ण किराना पसललाई नवीकरण गरी मूल्य सूचि राख्न निर्देशन गरिएको अनुगमन समिति सदस्य एवं उपभोक्ता मञ्च नेपालकी कार्यबाहक अध्यक्ष भगवती भण्डारीले जानकारी दिइन् ।

वडा नम्बर ६ मा रहेको चिया पसललाई सरसफाईमा ध्यान दिन, किचन सफासुग्गर राख्न सचेत गराइएको छ । उक्त पसलका संचालकलाई १५ दिनभित्र नगरपालिकामा उपस्थित हुन निर्देशन समेत गरिएको छ । यस्तै, बिशाल मिष्ठान भण्डारलाई किचनको सरसफाईमा ध्यान दिन निर्देश्न दिइएको भण्डारीले बताइन् । नगरपालिकाले अब अनुगमनलाई प्रभावकारी बनाउने भएकाले म्याद सकिएका सामाग्री विक्रीवितरण नगर्न, मूल्य सूची प्रष्ट ग्राहकले देख्ने गरी राख्न, पसल नवीकरण गर्न, सरसफाई गर्न अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप