‘एक्सन रुम’बाट प्रधानमन्त्रीको निर्देशन : राष्ट्रिय गौरवका आयोजनाको काम समयमै सक्नु
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको काम तोकिएको समयअघि नै सम्पन्न गर्न सम्बन्धित मन्त्रालय र मातहतका निकायलाई सचेत गराएका छन् ।
प्रधानमन्त्री ओलीले बुधबार राष्ट्रिय गौरवको आयोजनाहरुको काम गौरव गर्न लायक हुनेगरी सम्पन्न गर्न पनि समयभित्रै सम्पन्न गर्नुपर्नेतर्फ सम्बन्धित मन्त्री, विभाग र आयोजना प्रमुखहरुलाई निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको एक्सन रुमबाट ६ वटा राष्ट्रिय गौरवको आयोजनाहरुको कामको प्रगति विवरण लिँदै त्यसको काममा तीव्रता दिन पनि प्रधानमन्त्री ओलीले मातहतका आयोजना प्रमुखहरुलाई निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको आयोजनाहरुको कामलाई तोकिएको समय अघि नै सम्पन्न गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएको उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले जानकारी दिए ।
प्रधानमन्त्री कार्यालयको एक्सन रुमबाट प्रधानमन्त्री ओलीले पोखरा अन्तराष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, हुलाकी राजमार्ग, माथिल्लो तामाकोसी जलविद्युत आयोजना, सिक्टा सिँचाई आयोजना र भेरी–डाईभर्सन सिचाई आयोजनासहित ६ वटा राष्ट्रिय गौरवका आयोजनाहरुको कामको प्रगतिविवरणबारे जानकारी लिएका थिए ।
कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पुन, अर्थमन्त्री डा. युवराज खतिवडा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई तथा सम्बन्धित मन्त्रालयका सचिवहरु सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
औलोका ८० प्रतिशत बिरामी भारतबाट भित्रिन्छन्
-
विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन