शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘काराओके आइकन–२’ को राजधानीमा अडिसन

बुधबार, ०६ कात्तिक २०७६, १४ : १६
बुधबार, ०६ कात्तिक २०७६

काठमाडौं– पछिल्लो समय विभिन्न गायन रियालिटी शोको लहर चलेको छ । यसैमध्ये एक हो, ‘काराओके आईकन’ । यो प्रतियोगिताको दोस्रो सिजन अर्थात ‘काराओके आईकन–२०२०’ का लागि यही १६ गते काठमाडौंबाट अडिसन सुरु हुने भएको छ । आयोजक संस्था रेक्स फेसन होमले राजधानीमा एक कार्यक्रम गर्दै शो जानकारी दिएको हो । 

‘गीत संगीतमा रमाउँ, नाचौँ, धेरै बाँचौँ’ भन्ने नाराका साथ गत वर्षदेखि सुरु भएको ‘काराओके आइकन’ अन्य गायन प्रतियोगिताहरु भन्दा केही फरक भएको आयोजक संस्थाका अध्यक्ष खगेश रञ्जितकारले बताए । कार्यक्रममा प्रतियोगिताबारे जानकारी गराउँदै रञ्जितकारले भने, ‘यो प्रतियोगिताले नयाँ प्रतिभाहरुलाई मात्र पुराना कलाकारलाई समेत पुनस्र्थापित गर्नेछ ।’ 

‘काराओके–२०२०’ का लागि सातै प्रदेशको ७७ जिल्लामा अडिसन लिइने आयोजकले जनाएको छ । पहिलो अडिसनबाट १५० जना छनोट गरी टप–५० लाई सेमिफाइनमा इन्ट्रि दिइने संस्थाका अध्यक्ष रञ्जितकारले बताए । उनका अनुसार ग्राण्ड फिनालेका लागि टप–२५ को प्रतिस्पर्धा हुनेछ ।

‘काराओके आइकन’ मा सहभागी हुनका लागि निश्चित मापदण्ड तोकिएको छ । आयोजकका अनसार प्रतियोगीले नेपाली आधुनिक र पप गीतको ट्रयाकमा मात्र गाउन पाउनेछन् । जसमा आफूले गाउन चाहेको गीतको ट्रयाक प्रतियोगी आफैले पनि छनोट गर्न सक्नेछ । 

प्रतियोगिताका विजेतालाई २ लाख रुपैयाँ नगदका साथै एक म्युजिक भिडियो र अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी गराइने जनाइएको छ । त्यस्तै, दोस्रोलाई नगद ५० हजार र तेस्रोलाई नगद २५ हजार प्रदान गरिने जनाइएको छ । साथै, उनीहरुलाई आयोजकले एक–एक गीत तथा म्युजिक भिडियो निर्माण गरिदिने रञ्जितकारले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप